जावलाखेलमा फूलको मेला, अर्थमन्त्रीले भने- आगामी वर्ष आत्मनिर्भर होऔं

17.1k Shares

ललितपुर — ललितपुरको जावलाखेलमा फूलको मेला लागेको छ । आजबाट सुरु भएको १४औं गोदावरी पुष्प प्रदर्शनी सोमबारसम्म चल्ने फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ । प्रदर्शनीमा गोदावरीसँगै विश्वभर चलेका विभिन्न जातका फूलहरू, खेती गर्दा आवश्यक पर्ने औजार, मललगायत राखिएको एसोसिएसनका अध्यक्ष मिनबहादुर तामाङले बताए ।  मेलाको उद्घाटन गर्दै अर्थमन्त्री जनार्दन शर्माले फूलले ब्यापार घाटामा समेत योगदान गरेको बताउँदै अर्को वर्ष आन्तनिर्भर हुनेगरी सम्बद्ध क्षेत्रले संकल्प गर्नुपर्ने बताए । फूलमा मुलुक आत्मनिर्भर उन्मुख भएको उनको भनाइ छ । ‘कतिपय समाजमा फूलको सम्बन्ध व्यवसायसँग मात्र होला’, उनले भने ‘तर हाम्रो समाजमा व्यवसायसँग मात्रै छैन, संस्कृतिसँग सम्बन्ध छ । हाम्रो समाजमा जन्मिएका बेला फूलबाट स्वागत गरिन्छ, मृत्युपछि पनि यसैबाट विदायी गरिन्छ ।’

सम्बन्धित समाचार