एप्पलको फोल्डिङ फोनबारे फेरि चर्चा, कहिले आउला ?

11.6k Shares

काठमाडौं । एप्पलले फोल्डिङ फोन ल्याउन लागेको भनेर कयौं वर्षदेखि अफवाह चलिरहेको थियो । तर, अहिलेसम्म कम्पनीले यस्तो फोन लन्च गर्न सकेको छैन । 

दक्षिण कोरियाली प्रतिस्पर्धी सामसङले फोल्डिङ सिरिजका कैयौं मोडेल रिलिज गरिसकेको छ । यस्तैमा एकपटक फेरि एप्पलको फोल्डिङ फोनसम्बन्धी जानकारी बाहिर आएको छ । 

पछिल्लो समय प्रकाशित खबरहरूलाई विश्वास गर्ने हो भने, आइफोन फोल्ड अर्काे वर्ष अर्थात् २०२६ मा लन्च हुन सक्नेछ । कम्पनीले यसलाई आइफोन १८ फोल्ड नाम दिन सक्छ । यो फोन अनफोल्ड गर्दा स्क्रिन आइफोन १६ प्रोको भन्दा धेरै ठुलो हुनेछ । 

कम्पनीले दुई वटा फोल्डिङ फोनमा काम गरिरहेको बताएको छ । कम्पनीले एकै पटक यी दुई फोन लन्च गर्न सक्ने भनिएको छ । एउटा फोल्डिङ फोहुने र दोस्रो विकल्पचाँहि आइप्याडको हुनेछ । 

हालै यी डिभाइससम्बन्धी जानकारी लिक भएका छन् । यसले कम्पनीले साँच्चै यी फोनमा काम गरिरहेको विश्वास प्रयोगकर्तामा बढेको छ । डिजिटल च्याट स्टेसनले यसबारे जानकारी सेयर गरेको हो । 

सम्बन्धित समाचार