काठमाडौँ
। नेकपा समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बिहीबार बागमती प्रदेशको मुख्यमन्त्रीको
शपथ लिएका छन् । बिहीबार अपरान्ह प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष
मुख्यमन्त्री पाण्डेले शपथ लिएका हुन् ।
मुख्यमन्त्री
पाण्डेसँग काँग्रेसबाट कृष्णलाल भँडेल, माओवाद केन्द्रबाट कुमारी
मोक्तान र एकीकृत समाजवादीबाट कृष्णप्रसाद शर्माले मन्त्रीको शपथ लिएका छन् ।
मोक्तानलाई सामाजिक विकास, खनाललाई आर्थिक मामिला तथा योजना र भडेललाई भौतिक
पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
प्रदेश सभामा नेकपा एमालेले बहुमत गुमाएपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार पदबाट राजीनामा दिएकी थिइन् । एमाले उपाध्यक्ष समेत रहेकी शाक्यले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि नवगठित एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलका नेता पाण्डे मुख्यमन्त्री बनेको छन् ।