प्रेस सेन्टर उपत्यका प्रदेश समितिको अधिवेशन सम्पन्न, अनुशासन समितिको संयोजकमा काफ्ले, अध्यक्षमा लिम्बू

9.7k Shares

काठमाडौं । प्रेस सेन्टर नेपालको उपत्यका प्रदेश समितिको अधिवेशन फागुन १२ गते सोमबार सम्पन्न भएको छ । 
काठमाडौंमा भएको दोस्रो सो अधिवेशले लोकेश लिम्बुको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।

kafle sir 3.jpg
उपत्यका प्रदेश समितिको अनुशासन समितिमा रामशरण काफ्लेको संयोजकत्वमा सदस्य शिवहरि खनाल, लेखा समितिको संयोजकमा सुधीर पन्थी र सदस्यमा शिवप्रसाद बन्जारा र शिवराज ढकाल निर्विरोध चयन भएका छन् । यसअघि उपत्यका समितिको अध्यक्ष नवराज दाहाल थिए । 
उपत्यका प्रदेश समितिका अध्यक्ष लिम्बु यस अघि कार्यसमितिको उपाध्यक्ष थिए । निवर्तमान बरिष्ठ उपाध्यक्ष सागर पन्त र लिम्बुविच अध्यक्षका लागि दाबी कायम रहेपछि आइतबार नेतृत्व चयन हुन सकेको थिएन । अन्तिम समयमा पन्तले अध्यक्षको दाबी छोडेपछि लिम्बु निर्विरोध अध्यक्ष चयन भएका हुन् ।
समितिको उपाध्यक्षमा बुद्ध योन्जन, उपाध्यक्ष समावेशीमा श्याम तण्डुकार, महिला उपाध्यक्षमा सरिता थापा, महासचिवमा रोशन क्षेत्री चयन भएको प्रेस सेन्टर नेपालका उपाध्यक्ष एवम् उपत्यका प्रदेश समिति इञ्चार्ज निर्मल ज्ञवालीले जानकारी दिए । 

kafle sir 3.jpg
ज्ञवालीका अनुसार समितिको सचिव खुलामा सुवास शर्मा र भिमराज खड्का, सचिव जनजातिमा बाबुकाजी श्रेष्ठ, सचिव महिलामा शारदा घिमिरे, सचिव दलितमा बिक्रम रत्न र कोषाध्यक्षमा कुबेर दाहाल निर्विरोध चयन भएका छन् ।
कार्यसमितिको सदस्यमा नुराज कँडेल, सूर्य खड्का, शम्भु दंगाल, कृष्ण अधिकारी, शिवबिक्रम शाह, सुरेश श्रेष्ठ, विवेक गुरुङ, रमिला योन्जन, अप्सरा सिग्देल, नारायण लिंखा देवान, लिलामाया ठटाल र रोशनकुमार सिंह निर्विरोध चयन भएका छन् ।
प्रेस सेन्टर नेपाल उपत्यका प्रदेशको दोस्रो अधिवेशनको आइतबार बिहान नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले उद्घाटन गरेका थिए ।

सम्बन्धित समाचार