यूएईमा रहेका नेपाली श्रमिकलाई सचेतना अभियान सञ्चालन

13.9k Shares

काठमाण्डौ – यूएईमा रहेको नेपाली दूतावासले त्यहाँ कार्यरत नेपालीहरुका लागि सरकारले श्रम–सुशासनका क्षेत्रमा लागू गरेका नीतिगत, कानूनी तथा प्रक्रियागत विषयमा सचेतना अभियान सञ्चालन गरेको छ । सामाजिक सुरक्षा कोषमा श्रमिकको आबद्धता, त्यसको प्रक्रियाबारेमा सचेतना अभियान सञ्चालन गरिएको हो ।

अबुधावीदेखि तीन सय किलोमिटर पूर्वमा रहेको उजारेखमा घुम्ती शिविरमार्फत श्रमिक सचेतना तथा राहदानी एवम् कन्सुलर कार्यक्रम सञ्चालन गरिएको दूतावासले जनाएको छ ।

शिविरमा तीन सयभन्दा बढी नेपालीलाई नेपाल तथा युएईका विद्यमान श्रम कानूनका विषयमा अद्यावधिक जानकारी गराइएको थियो ।

कार्यक्रममा औपचारिक माध्यमबाट विप्रेषण पठाउँदा प्राप्त हुने फाइदा, नेपाली राजदूतावास, यूएईबाटनै पुनः श्रम स्वीकृति उपलब्ध गराउने सम्बन्धी व्यवस्था र वित्तीय साक्षरतालगायतका विविध विषयमा सचेतनामूलक जानकारी प्रदान गरिएको थियो ।

सम्बन्धित समाचार