काठमाडौं – नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। विनिमय दर अनुसार अधिकांश विदेशी मुद्राको मूल्य वृद्धि भएको छ।
केन्द्रीय बैंकका अनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपियाँ ४५ पैसा र बिक्रीदर एक सय ३९ रुपियाँ पाँच पैसा, युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपियाँ ८० पैसा र बिक्रीदर एक सय ४५ रुपियाँ ४३ पैसा निर्धारण गरिएको छ।
त्यसैगरी युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपियाँ ८८ पैसा र बिक्रीदर एक सय ७५ रुपियाँ ६४ पैसा कायम गरिएको छ। स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५४ रुपियाँ २२ पैसा र बिक्रीदर एक सय ५४ रुपियाँ ८९ पैसा तय गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपियाँ ०३ पैसा र बिक्रीदर ८८ रुपियाँ ४१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपियाँ ३५ पैसा र बिक्रीदर ९७ रुपियाँ ७७ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपियाँ ६० पैसा र बिक्रीदर एक सय चार रुपियाँ पाँच पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ।
जापानी येन १० को खरिददर नौ रुपियाँ २७ पैसा र बिक्रीदर नौ रुपियाँ ३१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ०९ पैसा र बिक्रीदर १९ रुपियाँ १८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ९२ पैसा र बिक्रीदर ३७ रुपियाँ ०८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ९८ पैसा र बिक्रीदर ३८ रुपियाँ १५ पैसा कायम भएको छ।