काठमाडौं । नेपाली काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह यो हप्ता मधेश झरे । उनी २ नम्बर प्रदेशको राजधानी जनकपुर र आसपासको क्षेत्रमा पुगे । त्यहाँ उनको भव्य स्वागत भयो । धनुषा र महोत्तरीमा आयोजित कार्यक्रममा सिंह सरिक भए । काठमाडौं उपत्यकामा बलियो पकड बनाएका सिंहको मधेशमा पनि पकड बलियो भएको देखिएको छ । उनको स्वागतमा आयोजित कार्यक्रममा ठूलो संख्यामा काँग्रेस नेता तथा कार्यकर्ता सहभागी भए ।
सिंहले मधेश पुगेर आफू सभापतिको उम्मेदवार भएको बताए । काँग्रेसको राजनीतिमा २ नम्बर प्रदेश निकै महत्वपूर्ण मानिन्छ । उक्त क्षेत्र काँग्रेसको प्रभाव क्षेत्र हो । मधेशवादी दलको सक्रियताले उक्त क्षेत्रमा काँग्रेसको प्रभाव कमजोर भएको छ । त्यसलाई सुधार्न सिंहले कार्यकर्ताहरुसँग राय सल्लाहसमेत गरेको बुझिएको छ । मधेशमा सिंहको बलियो पकड बन्दै गएको छ । उनलाई मधेशका काँग्रेस नेता कार्यकर्ताले अगाडि बढ्न जोड दिएका छन् । काठमाडौं उपत्यकामा सिंहको बलियो पकड देखिएको छ । तीनवटै जिल्लामा उनको बलियो पकड देखिएको छ । त्यसबाहेक काभ्रे, धादिङ, मकवानपुरलगायत बागमती प्रदेशमा उनको पकड बढी देखिएको छ । उपत्यकामा सिंह काँग्रेस नेताहरुमा पकडका हिसाबले एक नम्बरमा छन् । बागमती प्रदेशमै उनको लहर आएको छ । यसको असर फैलदै प्रदेश २ मा पुगेको छ । अब उनले अन्य प्रदेशमा आफूलाई बलियो बनाउँदै लाने अभियान अनुसार दौडधूप थालेका छन् ।