प्रधानमन्त्री ओली भारत भ्रमणको निमन्त्रणाको पर्खाइमा हुनुहुन्छ : परराष्ट्रमन्त्री राणा

10.8k Shares

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणका लागि निम्ताको पर्खाइमा रहेको बताएकी छन् । 

द हिन्दुसँग शनिबार कुराकानी गर्दै मन्त्री राणाले अप्रिलमा बैंककमा हुने बिमस्टेक सम्मेलनका दौरान साइडलाइनमा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेट हुने र सन् २०२५ को ‘पहिलो भाग’मा प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्तो आउने आशा व्यक्त गरेकी हुन् ।

ओली सरकार गठन भएपछि दुईपटक भारत पुगेकी राणाको भनाइले दुई देशबिचको सम्बन्धमा असहजता कायम नै रहेको संकेत गरेको द हिन्दुमा प्रकाशित समाचारमा उल्लेख छ । मोदी सरकारले ‘असामान्य’ तरिकाले नेपालका प्रधानमन्त्रीलाई स्वागत गर्न ढिलाइ गरिरहेको बताइएको छ ।

भारतबाट ढिलाइ हुने संकेत पाएपछि नै प्रधानमन्त्री ओलीले सन् २०२४ को नोभेम्बरमा चीनको भ्रमण गरेका थिए । यसले पनि दिल्ली र काठमाडौँबिचको दूरी झनै बढाएको विश्लेषण गरिएको छ ।

सम्बन्धित समाचार