करिब ३३ हजार वर्गमिटरमा ढुङ्गा बिछ्याउँदै कामपा

9.9k Shares

काठमाडौं– काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षमा करिब ३३ हजार वर्गमिटरमा ढुङ्गा बिछ्याउने भएको छ । महानगरका लागि  कूल ३२ हजार आठ सय ५१ वर्गमिटर ढुङ्गा बिछ्याउने लक्ष्यसहित काम भइरहेको जनाएको छ । 

महानगरको सार्वजनिक निर्माण विभागले चालु आवमा सार्वजनिक खरिद प्रक्रियाबाट सात वटा प्याकेजमा आठ वटा योजना कार्यान्वयन ल्याइएकोमा पाँच वटा योजना सम्पन्न भएको जनाएको छ । 

सम्पदा क्षेत्रको मौलिकता संरक्षण गर्ने, सहरी सुन्दरता अभिवृद्धि गर्ने, पैदलयात्रीको यात्रा सहज बनाउने उद्देश्यसहित सम्पदा क्षेत्र, पैदलमार्ग, भित्री सडक तथा गल्लीमा ढुङ्गा बिछ्याउने काम भइरहेको हो । 

सम्बन्धित समाचार