सरकारविरुद्ध नेविसंघको प्रदर्शन

20k Shares

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले कार्यकर्ता सरकारविरुद्ध प्रदर्शन गरेको छ । नेविसंघले संगठनका नेता–कार्यकर्ताहरुलाई बिना कारण पक्राउ गरेर झुठा मद्दा लगाइएको भन्दै आइतबार दिउँसो प्रदर्शन गरेको हो ।
षडयन्त्रपूर्वक नेताहरुमाथि धरपकड गरेर यातना दिएको र झुठा मुद्दा लगाएको विरोधमा प्रदर्शन गरिएको महामन्त्री दीपक भट्टराईले जानकारी दिए । उनकाअनुसार नेविसंघले काठमाडौंको भृकुटीमण्डपको प्रदर्शनी मार्गमा सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा नेविसंघका नेता–कार्यकर्ताहरुले ‘जनस्वास्थ्यमा खेलवाड गर्न पाईदैन, भ्रष्ट सरकार चाँहिदैन’, ‘अधिनायकवादको सरदार, केपी ओलीको सरकार’, ‘झुठा मुद्दा खारेज गर’ लगायतका नारा लगाएका थिए ।    

सम्बन्धित समाचार