सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

9.2k Shares

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ ।

बिहीबारको तुलनामा आज सुन प्रतितोला एक हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बिहिबार एक लाख ७१ हजार रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ७० हजार रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यसै गरी, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य एक हजार ९९० रुपैयाँ कायम भएको छ ।

सम्बन्धित समाचार