डा. ओममूर्तिदेखि सावित्रा भण्डारीसम्मले यस वर्षकाे प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार पाउने

11.9k Shares

काठमाण्डाै – सरकारले प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०८१ घोषणा गरेको छ । राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा टुँडिखेलमा आयोजित मूल समारोहमा पुरस्कार घोषणा गरिएको हो ।

पुरस्कार प्राप्त गर्नेहरूमा टेलिमेडिसिन क्षेत्रतर्फ सिन्धुपाल्चोकका डा. छिरिङ लामा, विज्ञान प्रविधि नवप्रवर्तनतर्फ मोरङका डा. विराजसिंह थापा, कीर्तिमानी पर्वतारोही गोरखाकी पूर्णिमा श्रेष्ठ, विज्ञान प्रविधितर्फ काठमाण्डौका आभाष मास्के र गोरखाका हरिराम श्रेष्ठ हुनुहुन्छ ।

यस्तै चिकित्सा क्षेत्रतर्फ महोत्तरीका डा. ओममूर्ति अनिल, खेलकुदतर्फ लमजुङकी सावित्रा भण्डारी, सम्पदा संरक्षणतर्फ भक्तपुरका रवीन्द्र पुरी, मानवसेवा तथा समाजसेवातर्फ काठमाण्डौकी दिलशोभा श्रेष्ठ र गोरखाका रामजी अधिकारी पनि पुरस्कृत हुनुहुने भएको छ । विशेष समारोहकाे आयोजना गरी उहाँहरूलाई पुरस्कार प्रदान गरिनेछ ।

सम्बन्धित समाचार