तोलामा सात सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

9.7k Shares

काठमाडौं– अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढावसँगै स्थानीय बजारमा पनि सुनको मूल्य थपघट भएको छ । स्थानीय बजारमा आज प्रतितोला सुनमा ७०० रुपैयाँले वृद्धि भएको छ ।

सोमबार प्रतितोला सुन एक लाख ६८ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको सुन आज बढेर प्रतितोला एक लाख ६९ हजार ४०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ । 

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस दुई हजार ९१४ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

सम्बन्धित समाचार