न्यायाधीशले बहिष्कार गरेपछि ‘फुलकोर्ट’ अन्योलमा

17.8k Shares

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आजका लागि बोलाएको पूर्ण बैठक (फुलकोर्ट) अन्योलमा परेको छ । सर्वाेच्च अदालतका १४ न्यायाधीशले हिजै (आइतबार) आफूहरू फुलकोर्टमा नआउने भनिसकेका छन् । 

न्यायाधीशहरू नै सहभागी नहुने भएपछि फुलकोर्ट बस्ने सम्भावना नरहेको नेपाल बार एसोसिएसनका अध्यक्ष चन्देश्वर श्रेष्ठले जानकारी दिए ।  ‘अब के गर्ने भन्ने विषयमा हामी छलफल गर्दै छौं’, उनले भने। 

प्रधानन्यायाधीश जबराले आज दिउँसो साढे १ बजेका लागि नेपाल बार एसोसिएसनका पदाधिकारीसमेत सहभागी हुनेगरी ‘फुल कोर्ट’ बैठक बोलाएका थिए । 

सम्बन्धित समाचार