आज अधिकतम तापक्रम २८ डिग्रीसम्म पुग्ने

9k Shares

काठमाडौँ । आज जनकपुर, सिमरा, धनगढी र वीरेन्द्रनगरमा सबै भन्दा बढी तापक्रम हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यी क्षेत्रमा अधिकतम २८ डिग्रीसम्म पुग्ने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार ती चार क्षेत्रको अधिकतम तापक्रम २५–२८ डिग्री सेल्सियस छ भने न्यूनतम तापक्रम ६–१५ डिग्री सेल्सियस छ । 

महाशाखाका अनुसार सबैभन्दा कम ताप्क्रम जोमसोम र ताप्लेजुङमा हुने देखिन्छ। यहाँको तापक्रम अधिकतम ८ देखि १० डिग्री सेल्सियस रहेको छ भने न्यूनतम तापक्रम माइनस २ देखि ४ डिग्री सेल्सियस रहेको छ । यहाँ अहिले हिउँ परिरहेको महाशाखाले जनाएको छ ।

सम्बन्धित समाचार