इप्पानका प्रतिनिधिलाई देउवाले भने- ऊर्जा उद्यमीलाई दुख दिने काम बन्द हुनुपर्छ

15k Shares

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का पदाधिकारीहरूलाई भेट्दै ऊर्जा उद्यमीहरूलाई दुख दिने काम बन्द हुनुपर्ने बताएका छन् ।

आइतबार देउवा निवास बुढानीलकण्ठमा भएको भेटमा उनले वनका कारण जलविद्युत मात्रै नभएर अरु पनि विकास निर्माणको कार्यमा अवरोध आइरहेको पनि बताए ।

भेटमा इप्पानका अध्यक्ष गणेश कार्कीले १५ खर्ब रुपैयाँ लगानी भइसकेको र ६५ लाख सर्वसाधारण लगानीकर्ताले लगानी गरिसकेको क्षेत्रलाई सबैतिरबाट प्रहार भइरहेको भन्दै ऊर्जा उद्यमीहरूका समस्या समाधानका लागि देउवाको ध्यानाकर्षण गराए । 

सम्बन्धित समाचार