स्वर्गद्वारी गुठी पीडित किसान धर्नामा

8.7k Shares

घोराही । स्वर्गद्वारी गुठी पीडित किसानले घोराहीमा रहेको मालपोत कार्यालयमा धर्ना दिएका छन् । सरकारसँग विगतमा भएको सहमती कार्यान्वयन हुनुपर्ने माग राख्दै आन्दोलनरत मोही किसानले आइतवार विहान दश बजेदेखि घोराहीमा रहेको मालापोत कार्यालय घोराहीको गेटमा धर्ना दिएका हुन् । 

स्वर्गद्वारी आश्रमको जग्गामा भएको द्वोयध स्वामित्व अन्त्य हुनुपर्ने, गुठी जग्गालाई रैकर गर्नुपर्ने, मोही किसानलाई जग्गा दिनुपर्नेलगायतका माग राख्दै किसानले कार्यालयको गेटमा नारावाजीसहित धर्ना दिएका हुन् । सरकारले विगतमा किसानसँग गरेको सम्झौता कार्यान्वयन नगरेका कारण दबाब स्वरुप आन्दोलन गर्नुपरेको गुठिपीडित किसान संघर्ष समितिका अध्यक्ष प्रभु चौधरीले जानकारी दिनुभएको छ ।

गुठी पीडित किसानको धर्नाका कारण मालपोत कार्यालयमा कर्मचारी प्रवेश गर्न पाएका छैनन् । मोही किसान धर्नामा बसेपछि सुरक्षाका लागि प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिनुभएको छ । सरकारसँग भएका भएका सहमति कार्यान्वयनको माग गर्दै माघको २० गतेदेखि स्वर्गद्वारी गुठी पीडित किसान आन्दोलनरत छन् । 

स्वर्गद्वारी आश्रमअन्तर्गत दाङका विभिन्न ठाउँमा भएको एक हजार ५० विगाह जग्गामध्ये ७ सय ५३ बिगाहामा मोही रहेको छ भने उक्त जग्गामा ३ हजार ५ घरधुरीका १५ बढी घरधुरी किसानले बसोवास गर्दै आएका छन् । 

सम्बन्धित समाचार