काठमाडौं, ५ असार । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्नेहरुको मुद्दा फिर्ता लिने निवेदन अर्को दिनको इजलासमा पेस हुने भएको छ । पेसीमा नचढाई सोझै इजलासमा ल्याएको भन्दै न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठले उक्त निवेदन पेसीमा चढाएर ल्याउन आदेश गरेपछि अर्को दिन पेसीमा चढ्ने भएको हो ।
काठमाडौँ जिल्ला अदालतमा २८ महिनादेखि विचाराधीन अवस्थामा रहेको ज्यान मार्ने उद्योगको मुद्दा फिता लिने सरकारले निर्णय गरेको थियो । तत्कालीन गृहमन्त्री बालकृष्ण खाणको सिफारिसपछि महान्यायाधिवक्ता खम्म बहादुर खातीले चलाउनेमाथि आक्रमण गरी ज्यान लिन खोज्नेको मुद्दा फिर्ता गर्न कानुन मन्त्रालयमा लेखी पठाएका थिए । तत्कालीन कानुनमन्त्री गोविनद्य वन्दीले अस्वीकार गरेको मुद्दा फिर्ताको निर्णय हालका कानुनमन्त्री धनराज गुरुङले सदर गरी मन्त्रीपरिषद्मा पठाएका थिए । मन्त्रीपरिषद्बाट उक्त मुद्दा फिर्ता लिने निर्णय भएको थियो ।