काठमाडौं– जोन म्याकफल अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन मिशनको लागि अनुमोदन प्राप्त गर्ने विश्वको पहिलो अपाङ्गता भएका अन्तरिक्ष यात्री बन्ने भएका छन् ।
युरोपेली अन्तरिक्ष एजेन्सीले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा मिसनका लागि विश्वको पहिलो अपाङ्गता भएका अन्तरिक्ष यात्रीलाई अनुमोदन गरेको छ। युरोपेली अन्तरिक्ष एजेन्सीले शुक्रबार यो घोषणा गरेको हो ।
युरोपेली स्पेस एजेन्सी (इएसए) ले २०२२ मा नै यसका लागि प्रयास सुरु गरेको थियो । वास्तवमा, इएसए पारा–एस्ट्रोनटहरूको लागि टेक्नोलोजी विकास गरिरहेको थियो र विश्वलाई सन्देश दिन चाहन्थ्यो कि ‘स्पेस सबैका लागि हो ।’
अपाङ्गता भएका पहिलो अन्तरिक्ष यात्री जोन म्याकफल ४८ वर्षका छन्, जो एक एक ब्रिटिश सर्जन र पूर्व प्यारालिम्पियन हुन्। जोन म्याकफलले १९ वर्षको उमेरमा मोटरसाइकल दुर्घटनामा आफ्नो एउटा खुट्टा गुमाएका थिए । यो बाधा पार गरेर यो चरणमा पुग्न पाउँदा निकै गर्व लागेको उनले बताएका छन् ।