ललितपुर । ललितपुरको मुटुमै रहेको कुम्भेश्वरका वडा अध्यक्षले नै किर्ते जालसाजी गरी अंशियारको नामै हटाएर आफूखुसी नाता प्रमाणित र नक्कली सर्जमिन मुचुल्का उठाई पुख्र्योली जग्गा खाएको समाचार छ ।
ललितपुर महानगरपालिका साविक वडा नं. २२ हाल ११ का वडाअध्यक्ष अरोज कुमार खड्गीले सर्जमिन मुचुल्का गर्दा आफ्नो बाबु स्वर्गीय अमिर बहादुर खड्गी र आफ्नै भाई सुदिपकुमार खड्गीलाई साक्षी राखी आफैले सिफारिस दिई मालपोत कार्यालयलाई गुमराहमा पारी अन्य परिवारलाई मारी पुख्र्याली जग्गा आफ्नो नाममा ल्याउन सफल बनेका छन् ।
वडाअध्यक्ष अरोज कुमारले पदको दुरुपयोग गरी किर्ते जालसाजी गरेर पुख्र्यौली सम्पत्ति आफ्नो ठूलो बुबा स्वर्गीय प्रेम बहादुर खड्गीको नाममा २०५० सालमा जग्गा धनी पुर्जा बनाएका थिए ।
स्वर्गीय प्रेमबहादुर खड्गीले २०४७ सालमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय ललितपुरबाट आफ्ना पाँच बुबाहरुमा जेठा हर्षलाल खड्गी, लाल खड्गी, न्हुछेलाल खड्गी, कृष्णबहादुर खड्गी र वडा अध्यक्षका बाजे जितबहादुर खड्गी भएको र दाजुभाईहरु हर्षबहादुर खड्गी, सिद्धिबहादुर खड्गी र भाईहरु राजभाई खड्गी र हरि खड्गी हँुँदाहुँदै किर्ते कागजात खडा गरी नाताप्रमाणितको कागज बनाई पुख्र्यौली जग्गा आफ्नो नाममा जग्गाधनी पुर्जा बनाउन सफल बनेका थिए ।
अझ अचम्मको कुरा त वडा अध्यक्ष अरोज कुमारका बाजे जितबहादुर खड्गीले २००३ सालमा कार्की थरका परिवारलाई नै मारेको मुख्य अभियोगमा फाँसी दिएको त्यतिबेलाको गोरखापत्रमा प्रकाशित समाचार खोजतलाससँग सुरक्षित छ ।
बाजेले त ज्यानमारेको अभियोगमा फाँसी सजाय भोगेको परिवार वडाध्यक्ष अरोज कुमारले आफ्ना बाबु अमिरबहादुर खड्गी र भाई सुदिप कुमार खड्गीको साथ लिई अन्य अंसियार दाजुभाईलाई अंसबाट बञ्चित बनाउनु कुनै नौलो कुरा नभएको स्थानीयहरुको भनाईं रहेको छ ।
अरोज कुमार खड्गी २०५० सालमा ललितपुर नगरपालिका वडा नं. २२ को अध्यक्ष भएको बेला पदको दुरुपयोग गरी अन्य खड्गी परिवारलाई अंसविहिन बनाएका थिए भने हाल उनी ललितपुर महानगरपालिका वडा नं. ११ का वडाअध्यक्ष हुन् । अंसियारहरुले आफूहरुलाई अंसविहिन बनाएको थाहा पाएपछि न्यायको लागि २०७६ सालमा जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।
तर, अंसविहन भएका खड्गी परिवारलाई वडाअध्यक्षले पदको दुरुपयोग गरी वडामा भएका सम्पूर्ण प्रमाणहरु लुकाई अदालतको मागलाई समेत वेवास्ता गरी कुनै पनि कागजात पेश नगरी अदालतलाई प्रभावमा पारी मुद्दा जित्न सफल बनेका थिए ।
तर, वडाअध्यक्ष अरोज कुमारले अंसविहीन बनेका खड्गी परिवारलाई दुःख दिने नियतले जालसाजीसम्बन्धी ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए तर सो मुद्दा भने अंसविहिन खड्गी परिवारले जितेका थिए । अंसविहिन खड्गी परिवारले परिवार मारा भनी सामाजिक सञ्जालमा अरोज कुमार खड्गी, सुनिलकुमार खड्गीसमेतलाई इंगित गरी परिवार मारा भनी पोस्ट गरेका थिए । सोही पोष्टलाई आधार मानी दुःख दिने नियतले अरोजकुमार खड्गी, सुनिल खड्गीसमेतले ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । सो मुद्दा अंसविहिन खड्गीले जितेका थिए भने सो मुद्दा नम्बर ०७८—सीपी—१८५३ रहेको थियो ।
अंसविहन खड्गी परिवारले लिखत बदर गरी पाउँ भन्ने मुद्दामा प्रतिवादी अरोजकुमार खड्गी र सुनिल खड्गीसमेतले प्रतिउत्तर पेश गर्ने बेलामा आफ्ना पाँच बुबाहरु मध्ये (३) तिन जनाको मात्रै नाम उल्लेख गरेको र आफ्ना कान्छी आमाका अविवाहित २ छोरी र छोराको नामै नराखी वडा अध्यक्ष अरोजकुमार खड्गीले पदको दुरुपयोग गरी अदालतललाई नै गुमराहमा पार्ने नाताप्रमाणित पेश गरेको पाइएको छ ।
अचम्मको कुरा त के छ भने तत्कालिन वडाअध्यक्ष इन्द्रमान महर्जनले पनि पदको दुरुपयोग गरेको र हालका वडाअध्यक्ष अरोजकुमारले पनि आफैको सिफारिसमा दुईवटा नाता प्रमाणितको कागजातमा एउटामा १५ जनाको र एउटामा ७ जनाको मात्रै नाताप्रमाणित गरेको कागजात खडा गरेका छन् । यस्तो किर्ते र मनलाग्दी गैरकानुनी कार्य गरेका वडाअध्यक्षलाई सम्बन्धित निकायले छानविन गरी कारबाहीको दायरामा ल्याउने पर्ने हो कि होइन ? त्यो भने हेर्न बाँकी छ । दुई वडा अध्यक्षहरु इन्द्रमान महर्जन र अरोजकुमार खड्गीले पदको दुरुपयोग गरी नाताप्रमाणित गरेको कागजात खोजतलाससँग सुरक्षित छ ।
स्मरणीय छ, अंसविहीन खड्गी परिवारलाई दुःख दिने नियतले गालीगलोज, मानहानी र साइवर क्राइमको मुद्दा दायर गरेको र सो मुद्दा अंसविहिन खड्गी परिवारले जितेपछि उनीहरु अरोज कुमार खड्गी, सुनिल कुमार खड्गी, विनोद खड्गी, प्रमोद खड्गी, किरण खड्गी, सुदिप खड्गी, इन्द्रमान महर्जनलगायतको नाममा ज्यानमार्ने मुद्दा हाल्ने अन्तिम तयारीमा रहेको लक्ष्मीकृष्ण खड्गीले खोजतलास कार्यालयमै आएर जानकारी गराए ।
लक्ष्मी कृष्ण खड्गी भन्छन्, ‘मुल पुर्खा गोरेचा भन्ने शेरमान खड्गीका पाँच छोराहरुमा जेठा हर्षलाल खड्गी १, लक्ष्मीकृष्ण खड्गीका जुजुबाजे लाल खड्गी १, न्हुच्छेलाल खड्गी १, कृष्णलाल खड्गी १, जितबहादुर खड्गी १ भएकोमा २००४ सालको वण्डापत्रमा आफ्ना जुजु बाजे लाल खड्गीको भागमा परेको इमाडोल गाविस वडा नं. ८ (ख) कित्ता नम्बर ४४९, ४५२, ४५३ र टिकाथली वडा नं. ५ कित्ता नं. ४४७ जग्गा आफ्ना पुर्खाको जग्गाबाट बञ्चित बनाउन कुनै पनि कानुनी प्रावधान छैन र बञ्चित गराउन पनि मिल्दैन ।