कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण

10k Shares

इनरुवा । कोशी टप्पु वन्यजन्तु आरक्ष र कोशी नदिको किनारमा कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण गरिएको छ । कोशी प्रिमियर लिग सञ्चालक समितिको आयोजनामा फागुन ३ गतेबाट सुरु हुने लिगको ट्रफी अनावरण कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राई प्रमुख अथित्यतामा गरिएको हो ।

सुनसरीको भोक्राहा नरसिंहमा प्रदेशस्तरीय खेलकुद प्रवर्द्धन तथा पर्यटन विकासलाई लक्षित गर्दै आयोजना गर्न लागेको कोशी प्रिमियर लिगको ट्रफी अनावरण गर्नुहुँदै प्रमुख अतिथि राईले खेलकुदलाई प्रदेश सरकारको प्राथमिकतामा राखेर आवश्यक बजेट तथा नीतिगत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “कोशी प्रदेशमा खेल पर्यटनको अपार सम्भावना छ । खेल क्षेत्रमा लगानी गर्दा युवाहरूलाई प्रोत्साहित गर्न सकिन्छ, जसले उनीहरूलाई सकारात्मक दिशातर्फ लैजान मद्दत गर्दछ । कोशी प्रिमियर लिग जस्ता प्रतियोगिताहरूले स्थानीय खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछन् ।”

सोही अनावरण कार्यक्रमका विशिष्ट अतिथि प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले कोशी प्रदेशलाई खेल पर्यटनको केन्द्र बनाउन सरकार प्रयत्नशील रहेको बताउनुभयो । उहाँले यसप्रकारका प्रतियोगिताहरूले केवल खेलाडीहरूलाई अवसर मात्रै नभई स्थानीय पर्यटन, व्यवसाय र समग्र आर्थिक वृद्धिमा योगदान पुर्‍याउने बताउनुभयो ।

सम्बन्धित समाचार