काठमाडौं– दक्षिण एसियामा स्थानीय नेतृत्वमा आधारित अनुकूलनको स्तरोन्नति र त्यसमा देखा परेका चुनौतीहरू, असल अभ्यास तथा अवसर विषयक एक कार्यशाला आज काठमाडौँमा सुरु भएको छ।
वन तथा वातावरण मन्त्रालयको समन्वयमा द ग्लोबल सेन्टर अन एडप्टेशन डि.सि.ए.को आयोजनामा आयोजित उक्त कार्यशालाको मुख्य उद्देश्य दक्षिण एशिया क्षेत्रका स्थानीय अनुकूलन योजनासँग सम्बन्धित नीति–नियम र अभ्यासको अनुभव साटासाट गर्नु रहेको आयोजकहरूले जानकारी दिएका छन्।
कार्यशालाको उद्देश्य दक्षिण एसियामा स्थानीय अनुकूलन योजनाका लागि उपलब्ध संस्थागत र आर्थिक सहायताका बारेमा सरोकारवालाहरूको बीच समान धारणाको विकास गर्नु र भविष्यमा अनुकूलन योजनाको स्तर वृद्धिका उपायहरू पत्ता लगाउनु रहेको आयोजकको भनाइ छ।