काभ्रे– काभ्रेमा ६ महिनाको अवधिमा विभिन्न आपराधिक घटनामा संलग्न २५२ जनालाई पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
कार्यालयद्वारा सार्वजनिक गरिएको चालु आर्थिक वर्षको अर्धवार्षिक प्रतिवेदनमा जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी युनिटद्वारा अभियुक्त पक्राउ भएको जनाइएको हो ।
प्रतिवेदन अनुसार गत साउन महिनादेखि पौष मसान्तसम्म जिल्लामा घटेका ३ सय १ आपराधिक घटनामा २ सय ५२ जना अभियुक्त पक्राउ परेका हुन् । यस्तै प्रतिवेदनमा शान्तिसुरक्षा अपराध नियन्त्रण र विपद् व्यवस्थापन अन्तर्गत भएका विभिन्न घटनाको विश्लेषण सहितको तथ्याङ्क सार्वजनिक गरेको जनाइएको छ ।
विश्लेषणात्मक रुपमा सार्वजनिक गरिएको प्रतिवेदनमा अपराधको प्रकृति तथा संलग्न व्यक्ति, सुरक्षा अवस्था तथा चुनौतीलगायत आम नागरिकलाई जानकारी रहोस् भन्ने उद्देश्य राखिएको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताए ।