गोरखामा खेर गइरहेको बाँझो जमिनमा व्यवसायिक ओखरखेती

8.7k Shares

गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा बर्षौदेखि बाँझो रहेको ५ सय रोपनी  जमिनमा व्यावसायिक ओखरखेती सुरुआत गरिएको छ । किसानको आर्थिक आयआर्जन बृद्धि गर्नका लागि सुलिकोट ३ स्वाँरा र ४ को सौरपानीमा अनुदान कार्यक्रममार्फत ओखरखेती सुरु गरिएको गाउँपालिका कृषि शाखाका प्रमुख सन्तोष ढकालले जानकारी दिए ।

‘करिब २ हजार २ सयमिटरको उचाईमा रहेको ती दुई क्षेत्रमा जग्गा भएका किसानहरुलाई समेटेर कागतेखर्क बहुउदेदेशीय कृषक समूह गठन गरिएको छ,’ उनले भने, ‘सोही समूहमा आवद्ध किसानलाई प्राविधिकको सुझावअनुसार जसको जमिनमा जति वटा बेर्ना लगाउन मिल्छ सोही अनुसार बेर्ना अनुदानमा उपलब्ध गराइएको हो ।’

मुख्यमन्त्री नवप्रर्वद्धन कार्यक्रम र गाउँपालिकाको लागत साझेदारीमा किसानलाई २ हजार २ सयवटा ओखरका बेर्ना वितरण गरिएको उनले बताए । गाउँपालिकाले नै जुम्लाबाट कलमी गरिएको ओखरका विरुवा खरिद गरेर ल्याई किसानलाई वितरण गरेको हो ।

सम्बन्धित समाचार