राष्ट्रिय सभामा पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक पेस

9.3k Shares

काठमाडौँ । संघीय संसद् अन्तर्गत राष्ट्रिय सभामा राष्ट्रिय सभामा पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक–२०८१ पेस भएको छ । बिहीबारको सभा बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले उक्त विधेयक पेस गरेका हुन् । 

समुद्रमा नेपाली ध्वजावाहक पानी जहाज सञ्चालनका अतिरिक्त कैयौँ नेपालीहरू विभिन्न मुलुकका पानीजहाजहरूमा काम गर्दै आएको अवस्थामा ती नेपालीहरूलाई नाविक किताब, नाविक परिचय पत्र लगायत ती कामदारहरूको तालिम, स्वास्थ्य परीक्षण लगायतका विषयहरू समेट्न आवश्यक देखिएको उनको भनाई थियो । साथै नेपाल भित्रकै विभिन्न नदी तथा तालहरूमा विभिन्न क्षमताका जलयानहरु सञ्चालनमा आई रहेको अवस्थामा ती जलयानहरुको दर्ता तथा नियमनको व्यवस्था गर्दै आन्तरिक जल यातायातलाई प्रवर्द्धन गर्न आवश्यक देखिएकाले विधेयक पेस गरिएको बताए । 

यो विधेयक पारित भई कानुनको रूपमा आए पछि समुद्रहरूमा नेपाली ध्वजावाहक पानी जहाज सञ्चालनको ढोका खुल्ने छ । यस्तै नेपाल भित्रका नदी तथा जलाशयहरूमा सञ्चालन हुने जलयान तथा पानी जहाजहरू नियमन र व्यवस्थापनका लागि समेत कानुनी आधार तयार हुने छ ।

सम्बन्धित समाचार