8k
Shares
विराटनगर । कोशी प्रदेश सरकारले आमसञ्चार सम्बन्धी कानुन प्रदेशसभा सचिवालयमा दर्ता गराएको छ । प्रदेशसभाको चालु अधिवेशनबाटै पारित गर्नेगरी सरकारले संसद सचिवालयमा दर्ता गराएको विधेयकमा ‘कोशी प्रादेशिक सञ्चार प्रतिष्ठान स्थापना गर्ने’ र प्रदेश प्रेस रजिष्ट्रार नियुक्त गर्ने व्यवस्था समावेश गरिएको छ ।
प्रदेशस्तरको सूचना प्रविधि तथा विद्युतीय सञ्चार माध्यम सञ्चालन सम्बन्धी नीति, कानुन र मापदण्ड तर्जुमा गरी कार्यान्वयन गर्न तथा सञ्चार माध्यमहरु सञ्चालनका लागि अनुमति, इजाजत र नवीकरण गरी अभिलेखीकरण, प्रोत्साहन र नियमन गर्न विधेयक ल्याएको सरकारले जनाएको छ । उक्त कार्यलाई एकीकृत रुपमा सम्पादन गर्न सञ्चार प्रतिष्ठान स्थापना गर्न खोजिएको हो ।