सुर्तीजन्य पदार्थको प्याकेटमा शतप्रतिशत चेतावनी मूलक सन्देश छाप्नुपर्ने

11k Shares

काठमाडौं । सुर्तीजन्य पदार्थमा शत प्रतिशत भागमा चेतावनी मूलक सन्देश छाप्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सूर्तिजन्य पदार्थको बट्टा, प्याकेट, र्‍यापर्स, पेटी तथा पार्सल, प्याकेजिङमा चेतनावनी मूलक सन्देश र चित्र छाप्ने तथा अङ्कित गर्ने निर्देशिका, २०८१ स्वीकृत गरेसँगै यो नियम लागू हुने भएको हो । यो निर्देशिका स्वीकृत भएको १८० दिनपछि लागू हुने मन्त्रालयले जनाएको छ ।

सयअघि ९० प्रतिशत भागमा चेतावनी मूलक सन्देश छाप्नुपर्ने व्यवस्थामा संशोधन गर्दै मन्त्री पौडेलले सुर्ती तथा चुरोटलगायतका पदार्थको अगाडि र पछाडिको शतप्रतिशत भागमा यस्तो चेतावनी छाप्नुपर्ने निर्देशिका स्वीकृत गर्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘‘क्यान्सरको उपचार मात्र हैन रोकथामका उपायको खोजी हाम्रो प्राथमिकता हो । चुरोट र सूर्तीजन्य पदार्थको प्रयोग घटाएर नागरिकको जीवनरक्षा गर्न यस्तो निर्णय गरेका हौं ।’’ सूर्तिजन्य पदार्थ स्वास्थ्यकालाई हानीकारक छ भन्ने लगायतका चेतनवानी मूलक सन्देश र सूर्तिजन्य पदार्थ सेवनको अवसरबाट भएको घातक, रङ्गिन चित्र प्रष्ट रुपमा बुझ्ने र देख्ने गरी नेपाली भागमा छाप्नु पर्ने छ ।

चेतावनी मूलक सन्देश चुरोट, बिडि, खैनी, सूर्ति र गुट्खा जस्ता सूर्तिजन्य पदार्थको भित्री र बाहिरी प्रत्येक बट्टा, प्याकेट, र्‍यापर्स, पार्सल र प्याकेजिङमा छाप्नु पर्ने छ । छपाई गर्ने प्रत्येक ब्याचमा चुरोटको कूल जम्मा बट्टा, प्याकेट र र्‍यापर्समा २०–२०  प्रतिशत सङ्ख्यामा समानुपातिक तवरले पाँच वटा घातक रङ्गिन चित्र र चेतावनी मूलक सन्देश छाप्नु पर्ने निर्देशिकामा उल्लेख छ ।

सम्बन्धित समाचार