काठमाडाैँ । परमेश्वरको मण्डली विश्व सुसमाचार समाज हेटौडाले ८,५६७ औँ विश्वव्यापी वातावरण सरसफाई अभियान अन्तर्गत मकवानपुरको बागमती गाउँपालिका झुरझुरे क्षेत्र वृहत् रूपमा सरसफाई सम्पन्न गरेको छ । समाजद्वारा आज बुधबार विश्वव्यापी वातावरण सरसफाइ अभियान अन्तर्गत बागमती गाउँपालिका र झुरझुरे क्षेत्रको एक किलोमिटर वरपरको सरसफाइ सम्पन्न गरेको हो ।
विश्व जलवायु परिवर्तनले प्रकृति र मानवताको अस्तित्वनै सङ्कटमा परिरहेको यस्तो सङ्कटकालिन घडीमा समाजले विश्वका विभिन्न देश, क्षेत्र र ठाँउहरूमा व्यापक रूपमा कार्वन न्यूनीकरणका गतिविधिहरू सञ्चालन गरिरहेको कार्यक्रम संयोजक पर्शुराम तिम्सिनाले खाेजतलासलाई जानकारी दिनुभयो। संयोजक तिमिल्सिनाका अनुसार छिमेकीलाई सहयोग, आपत्कालिन राहत कार्यक्रम, वातावरण संरक्षण, रक्तदान कार्यक्रम, शैक्षिक सहयोग, कोभिड-१९का कारण जोखिममा परेकालाई सहयोग गर्ने कार्यसहित २८ हजार पटक भन्दा बढी स्वयंसेवा गतिविधिहरूको नेतृत्व लिँदै आइरहेको समेत जिकिर गर्नुभयो ।
आजकाे कार्यक्रममा प्रमुख अतिथिका रूपमा बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान हुनुहुन्थ्याे भने अरू अतिथीहरूमा वडा नं ४ का वडा अध्यक्ष दन्तलाल माझी “किरण”, झुरझुरे प्रहरी चौकीका प्रमुख असइ छविलाल यादव, वडा ट्राफिक कार्यालय प्रमुख असइ केदार पौडेल, शैक्षिक संस्था, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, सञ्चारकर्मीकाे बाक्लाे उपस्थिति रहेकाे थियाे । कार्यक्रमका प्रमुख अतिथी घलानले आशा जगाउने यस अभियानलाई सार्थकता दिने मण्डलीका सबै सदस्यहरूलाई धन्यवाद् दिनुभएकाे थियाे भने सफा र स्वच्छ बाताबण राख्न पहिलो पटक यस्तो अभियान आयाेजना गर्ने परमेश्वरको मण्डलीलाई पनि हृदयदेखि धन्यबाद ब्यक्त गर्नुहुँदै खुलेर प्रशंसा गर्नुभयो ।
आजकाे सरसफाइ अभियानमा करिब दुई सय जना सदस्यहरूकाे सहभागिता रहेको थियो भने कार्यक्रममा सहभागी सदस्यहरुले गाउँपालिको कार्यालय र झुरझुरे बजार क्षेत्रसाथै एक किलोमिटर सडक वरिपरीको क्षेत्रमा सरसफाइ गर्नुभएकाे थियो ।
परमेश्वरको मण्डली विश्व सुसमाचार समाज बाइबलमा गवाही दिइएको पिता परमेश्वर अनि माता परमेश्वरमाथि विश्वास गर्ने एकमात्र मण्डली हो । यो मण्डली हाल विश्वभरि कुल ३७ लाख दर्जित सदस्यसहित १७५ वटा राष्ट्रहरूका ७,५०० वटा भन्दा बढी क्षेत्रमा विस्तार भएको एकमात्र वैधानिक मण्डली हो । परमेश्वरको मण्डली बाइबलमा उल्लेखित शबाथ दिन, निस्तार चाड लगायत नयाँ करारका तीन चरणका सातवटा चाडहरू पालन गर्ने संसारको एकमात्र वैधानिक मण्डली पनि हो ।










