नेप्सेमा सामान्य गिरावट, फाइनान्समा उछाल

9.6k Shares

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले घटेको छ। आज नेप्से ४.४५ अंकले घटेर २७११.४५ विन्दुमा पुगेको छ। 

नेप्से घट्दा पनि फाइनान्स समूहमा भने उछाल आएको छ । आज फाइनासन्स समूह ५.६३ प्रतिशतले बढेको छ । आज १३ वटा समूहमध्ये ५ समूह बढ्दा फाइनान्समा उछाल आएको हो । 

कारोबारमा पनि गिरावट आएको छ । आज ९ अर्ब ९५ करोड ८० लाख रुपैयाँ बराबरको १ करोड ९१ लाख ८१ हजार ४१४ कित्ता शेयर कारोबार भएको छ । 

आज १३३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १२२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ७ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । यस्तै ३०९ वटा कम्पनी कारोबारमा आउँदा ९० हजार ७५२ पटक शेयर किनबेच भएको छ ।

सम्बन्धित समाचार