9.8k
Shares
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि दबाब दिन एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।
साथै उनले संयुक्त राष्ट्र मानव अधिकार परिषद्बाट अमेरिकालाई फिर्ता लैजाने र प्यालेस्टिनीहरूका लागि संयुक्त राष्ट्र राहत तथा कार्य एजेन्सी (यूएनआरडब्ल्यूए)लाई दिँदै आएको कोष कटौती गर्ने आदेशमा पनि हस्ताक्षर गरेका छन् ।
आदेशमा हस्ताक्षर गर्नु आफ्नो लागि धेरै गाह्रो भएको पनि उनले बताए । आफूले त्यस्तो गर्न नचाहेको तर गर्न बाध्य भएको उनको भनाइ छ । नयाँ कार्यकारी आदेश इरानमाथि धेरै कडा हुनेछ ।