सानो लगानीले रोजगारी र आत्मनिर्भरतामा सहयोग पुर्‍याउछ : सभापति देउवा

10.4k Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गाउँ–गाउँमा स्थानीय उद्यमशीलताको विकास गर्दै आत्मनिर्भरता र रोजगारी सृजना गर्नु पर्ने अहिलेको अवश्यकता भएको बताउनुभएको छ । बुधबार नेपाली कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले आयोजना गरेको नेपाल स्टार्टअप र एसएमई समिट कार्यक्रममा बोल्नुहुँदै सभापति देउवाले गाउँ तहदेखि उद्यमको विकास हुँदै जाँदा सानो लगानीले पनि रोजगारी र आत्मनिर्भरतामा सहयोग पुर्‍याउने बताउनुभयो ।

उहाँले नेपालको स्थानीय उत्पादन वृद्धि गर्दै आयात प्रतिस्थापन गर्ने र वैदेशिक व्यापार घाटा न्यून गर्दै लैजाने उद्देश्यले साना तथा मझौला उद्यम व्यवसाय प्रवर्द्धन गर्ने नीति लिएको बताउनुभयो ।

नेपालमा युवा उद्यमीलाई आकर्षण गर्न, उनीहरुको व्यवसाय प्रवर्द्धन गर्न र साना तथा मझौला उद्योगी व्यापारी व्यवसायीहरुको समस्या बुझि पार्टीलाई सुझाव दिन “उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभाग” गठन गरेको जानकारी दिनुभयो । उद्यमी, व्यापारी, व्यवसायीहरुले भोग्नु परेका कानुनी तथा प्रकृयागत झन्झटहरु अन्त्य गर्दै व्यवसायमा सहजीकरण गर्न हालसालै सरकारले कानुन ल्याएको र यो कानुनले यस क्षेत्रको सुधारमा अवश्य पनि सहयोग पुग्ने विश्वास लिएको उहाँको भनाइ छ ।

सम्बन्धित समाचार