आइपिएलमा आज दिल्ली र राजस्थान भिड्दै

16.5k Shares

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै छ । आज दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबीच खेल हुँदै छ । दिल्लीमा हुने यो खेल नेपाली समय अनुसार राति ७ : ४५ बजेदेखि शुरु हुँदै छ ।

जारी आइपिएलमा दिल्ली क्यापिटल्सले ११ खेलमा ५ जित हासिल गरेको छ भने ६ खेलमा हार बेहोरेको छ । १० अंकसहित दिल्ली अंक तालिकामा छैटौँ स्थानमा रहेको छ ।

त्यसैगरी राजस्थान रोयल्सले यस सिजनमा १० खेलमा ८ जित हासिल गर्दै १६ अंकसहित अंक तालिकामा दोस्रो स्थानमा रहेको छ ।

दिल्ली क्यापिटल्स ऋषव पन्तको कप्तानीमा यस सिजनको आइपिएल खेल्दै छ । दुर्घटनाका कारण लामो समय क्रिकेटबाट टाढा रहेका पन्तले आइपिएलबाट क्रिकेटमा पुनरागमन गरेका छन् र अहिलेसम्म शानदार प्रदर्शन गरिरहेका छन् । आइपिएलको प्रदर्शनले उनलाई टी-२० विश्वकप खेल्ने टिमसमेत पुर्याएको छ । दिल्लीमा कप्तान ऋषभका अलावा कुलदीप यादव, अभिषेक पोरेल, यश धुल, अक्सर पटेल जस्ता भारतीय खेलाडीको भूमिका महत्वपूर्ण हुन सक्छ ।

सम्बन्धित समाचार