विपद् व्यवस्थापन गर्न स्वास्थ्य संस्थालाई थप चुस्त बनाइँदै

10.1k Shares

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन एकाइले विपद् तथा स्वास्थ्य आपतकालीन अवस्थामा चिकित्सकीय सेवालाई चुस्त बनाउन अस्पताल र स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्न उच्च प्राथमिकता दिएको छ ।

स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापनका क्रममा स्वास्थ्य सेवामा कसरी एकरूपता ल्याउने भन्ने ध्येयले सञ्चालित सो तालिम सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका ४४ स्याटेलाइट र २५ हब अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई प्रदान गरिसकिएको छ । यही हप्ता गण्डकी र बागमती प्रदेशका १८ अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको तालिम सम्पन्न गर्ने लक्ष्य मन्त्रालयले लिएको छ ।

विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्प, कोभिड– १९ महामारी तथा २०८० साल कात्तिक १७ को जाजरकोट भूकम्पमा नेपालको स्वास्थ्य प्रणालीले प्रदान गरेका सेवा सराहनीय रहेको जनाइएको छ ।

सम्बन्धित समाचार