रसुवामा निःशुल्क स्वास्थ्य शिविर, बाह्र जनाको पाठेघरमा समस्या

16k Shares

रसुवा– स्थानीय महिलाको स्वास्थ्यावस्थालाई लक्षित गरी उत्तरी रसुवाको स्याफ्रुबेँसीमा आयोजित एक दिने निःशुल्क स्वास्थ्य शिविरमा एक सय पाँच महिलाको पाठेघर परीक्षण गरिएको छ ।

स्थानीय लाङ्टाङ लिरूङ अस्पतालमार्फत गरिएको पाठेघरसम्बन्धी ‘भिआइए’  परीक्षणबाट  १२ जनामा ‘पोजेटिभ’ देखिएको सञ्चालक डा जीवन तामाङले जानकारी दिए । परीक्षणका क्रममा पाठेघरमा समस्या देखिएका बिरामीलाई विशेषज्ञ चिकित्सकको सम्पर्कमा राखी आवश्यक परामर्श दिने काम सुरु भएको अस्पतालले जनाएको छ । 

यसअघि जिल्लामा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा छ जना महिलाको पाठेघरको मुखमा क्यान्सरको लक्षण देखिएपछि स्त्रीरोग विशेषज्ञ डा पुनम लामाको नेतृत्वमा उपचार व्यवस्था मिलाइको अस्पतालले जनाएको छ ।

यसै गरी कुनै पनि किसिमको रोग लागेमा वा लाग्ने लक्षणको सङ्केत देखिएमा नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा यथाशक्य छिटो सम्पर्क गर्न तथा सरसफाइलाई विशेष ध्यान दिन अस्पतालले स्थानीयवासीसँग अनुरोध गर्दै आएको छ ।   

सम्बन्धित समाचार