16.6k
Shares
काठमाडौँ । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले आगामी राजनीति युवाको पक्षमा ल्याउनुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकपछि कोइरालाले आगामी राजनीति युवाहरुको पक्षमा ल्याउनुपर्ने बताएका हुन्।
‘भोलिको राजनीति भनेको युवाहरुको पक्षमा ल्याउनुपर्छ । हामी त बुढो भइसक्यौँ, कहिले ढल्छौँ थाहा छैन,’ उनले भने ।
उनले १५ औँ महाधिवेशनको तयारी स्वरुप सातवटै प्रदेशमा घुम्ने तयारी रहेको पनि सुनाए । गठबन्धनको सरकार भएका कारणले चाहेजस्तो काम गर्न नसकेको उनको भनाइ छ । उनले भने, ‘गठबन्धनको सरकारमा हामीले गिभ एन्ड टेक गर्नुपर्छ । आफ्नै गोरुको बाह्रै टक्का हुँदैन । चाहँदा चाहँदै पनि हामी सुधार ल्याउन सक्ने सम्भावना म देख्दिनँ ।’