- डी.बी. नेपाली
संसारमा धेरै लामाे समयसम्म जनतालाई जनता द्वारा,जनताकाेलागि,जनताकाे शासन भनेर भ्रम जालमा फसाएर शासन गर्न सफल देखिएकाे कथित प्रजातान्त्रिक व्यवस्था शुरुवाती दाैरमा भनाै या लामै समय १७ओैं शताब्दी देखि २१ओैं शताब्दीकाे शरुसम्म त्तइपुग्दा केही हदमा उसले आफ्नु मेनिफेस्टाे अनुसार काम गरेकाे देखिए पनि पछिल्लाे समय उसकाे राजनीतिक चरित्रमा आएकाे परिवर्तनले गर्दा उसलाई आफ्नु राजनीतिक चरित्र भन्दा पनि केवल राजनीतिक लेवल या साख जाेगाउन गाह्राे भएकाे देखिन्छ । आज केही राष्ट्र जहाँ दुइदल भन्दा बढीकाे सत्तामा अहिलेसम्म कुनै प्रकारकाे सहभागिता या दखल देखिएकाे छैन ती देशहरु बाहेक प्राय:जसाे तीन चार भन्दा बढी दल ,मल्टी पार्टी सिस्टम स्वीकारेका देशहरुमा जनता कैंयाे दलमा विभाजित भैदिएकाे कारण त्यहाँ प्रजातन्त्र टुक्राटुक्रामा विभाजित भएर उ आफ्नु मुल मन्त्र "बहुमतकाे सरकार भन्ने " कुराबाट काेशाैं टाडिएकाे रणभुल्ल अवस्थामा पुगेकाे देखिन्छ । उसलाई आज आफ्नु साख जाेगाउन या कथित डेमाेक्रेसीलाई जीवित राख्न मात्रै राजनीतिकाे सहारा भन्दा पनि पुजीवाद र उछ्श्रृंखल तत्त्वकाे जीवन जल सेवन गरेर शक्ति प्रदर्शन गर्नु पर्ने बाध्यता आइपरेकाे विगत आठ दस बर्षकाे राजनीतिक गतिविधिले छर्लङ्ग देखाएकाे छ ।
बहुमतकाे सरकार गठन गर्न जम्मा ५% जनताकाे मत पाएका दलहरुकाे बैशाखी टेकेर ३२/३३% मात्रै जनताकाे मत पाएका दलहरुले शासन चलाउनुलाई वास्तबमा डेमाेक्रेसी भन्न मिल्छ त ? त्याे ३२/३३ % पनि शुद्ध राजनीति गरेकाे ब्यक्ति या दलकाे बलमा पाएकाे कतै देखिन्न प्राय सबै दलहरुले ब्यापारी,साधुसन्त र विदेशी शक्तिकाे आडमा तथा छलकपट,पैंसा र मासुभात खुवाएर मत किनेकाे भरमा त्याे मत पाएकाे भन्ने कुरा मिडियाहरुले प्राय: लेखेकाे देखिन्छ भने क्या यस्ताे विपरित विचार र राजनीति बाेकेका दलहरुकाे गठबन्धनबाट बनेकाे सरकार बहुमतकाे सरकार जनताकाे सरकार भन्न मिल्छ ?
देशकाे प्राकृतिक साधन र उद्याेगधन्दा बेचेर राष्ट्रलाई टाट पल्टाएर ,राष्ट्रमा वेराेजगारी र महंगी फैलाएर युवा शक्ति पलाएन गर्ने व्यवस्थालाई डेमाेक्रेसी भन्न मिल्छ ? जुन देशमा शान्ति छैन,राेजगारी छैन,सुशासन छैन,नियम कानुन छैन केवल तस्करी,बलात्कार,घुस,लुट,हत्या,ठगी आदिकाे तीब्र विकास हुँदैछ,स्वास्थ्य उपचार गराउन विदेशीनु पर्ने,राेजारी खाेज्न विदेशीनु पर्ने,शिक्षा हाँसिल गर्न विदेशीनु पर्ने ,खाद्यान्न,फलफुल,तरकारी ,लुगाफाटाे सबै बिदेशीकै भर पर्नु पर्ने ,एउटा सानु सियाे धागाे र बटन( टाँक ) सम्म बिदेशीकै भर पर्नु पर्ने,राजनीति गर्न र सत्तामा जान पनि बिदेशीकै भर पर्नु पर्ने अनि यस्तै हाे त संघीय लाेकतान्त्रिक गणतन्त्र भनेकाे यही हाे त राजनीति भनेकाे ? ब्यापारी र अपराधीकाे लागि नेता र जनता सडकमा उत्रिने,अरुलाई अदालतले आशंका मात्रै गर्दा र छानविनकाे दायरामा ल्याउदा अपराधी देख्ने अनि आफ्नाले अपराध गरेकाे छर्लङ्ग हुँदा पनि गंगाजल भन्दा चाेखाे भन्ने ? अनि अदालतमा चलेकाे मुद्दाकाे फैसला सडकमा उत्रेर ,विपक्षमा बहस गर्ने वकिलहरु माथि जाइलागेर फैसला गर्ने नै हाे भने शासन व्यवस्था,सरकार,अदालत ,न्याय कानुन किन चाहियाे ? प्रत्येक दलले आआफ्ना कार्यक्रताकाे हातमा लाठी गाेली दिएर सडकमा कुटाकुट गर्ने अनि जसले सक्छ उसैले फैसला गर्छ । हालका केही घटनाहरुले राजनीक दलका कार्यकर्ता र कात्तिके कुकुरकाे चरित्र एउटै जस्ताे देखिन थालेकाे चर्चा हुन थालेकाे चिया पसले गफकाे विषय बनेकाे छ । कुनै पनि राजनीतिक दलमा राजनैतिक चरित्र रत्तीभर पनि देखिन्न । आफ्ना राष्ट्रघाती नेताहरु महान् ,स्वच्छ देख्ने र अर्काे दल र त्यसका नेता सत्ताकाे गठबन्धनमा हिस्सा नपाउदा अपराधी देख्ने तर सत्तामा हिस्सा पाँउदा महान् अनि अति सम्माननीय देख्ने कस्ताे खालकाे याे राजनीतिक चरित्र निर्माण गर्दै छाैं हामी ?
यस्तै यस्तै केही घटनाहरुले ,सत्ताकाे आयु कतिसम्म टिकाउन सकिने हाे भन्ने अभ्यास बाबा रामदेवकाे याेगा जस्तै प्रत्येक दिन गरिरहनु पर्ने तर जति अभ्यास गरे पनि सरकारले पुर्ण कार्यकाल टिक्न नसक्नुले र यसै सत्तामा सहभागी हुने नहुने र देशमा राजनीतिक परिवर्तन गरेर संघीय लाेक गणतन्त्र स्थापना गर्ने तीनै दल र दलका नेताहरु स्वयंले याे व्यवस्था सम्पूर्ण रुपमा असफल भैसक्याे ,याे भन्दा त पहिले कै राजसंथा नै ठिक छ भन्न थालीसकेका घटनाहरुले याे व्यवस्था नेवालकाे लागि अफाप भैसकेकाे भन्ने गरेका छाैं तर हामी याे कहिलै स्वीकार गर्दैनाैं र आफ्नु घमण्ड र अहंकार त्याग्न र आफ्ना गल्तीहरु सच्च्याउन चाहन्नाैं । भनाइमा भने कम्युनिष्ट पार्टीहरुलाई अनुशासनमा बस्न बाध्य पार्ने एउटा कडा नियम बनाएका छाैं "आलाेचना र आत्मआलाेचना " तर याे नियम कुनै पनि कम्युनिष्ट दलका नेताहरु आफैले मानेकाे (Flow) गरेकाे कतै पनि देखिन्न बरु सर्वहारा करणकाे कमण्डल समातेर स्वर्ग जान बैकुण्ठ तर्न गाइकाे पुच्छर समात्नु पर्ने जस्तै ठुला ब्यापारी र पुजीवादी दलका नेताकाे पुच्छर समातेर महलमा राज हाेइबक्सिने र राजा महाराजाकाे जीवन शैली जिउने सामन्ति संस्कारकाे क्यान्सरले भेटाएकाे देखिन्छ भने अर्काे तिर राजनीतिक संस्कारबाट हुर्केका राजनीतिज्ञलाई असफल पारेर ब्यापार गर्दै आएका चरित्र नै ब्यापारिक भएका ब्यापारीहरुले सत्तामा प्रवेश गर्न थाले पछि अब राजनीतिकाे पनि ब्यापारीकरण भएकाे प्रष्ट देखिन थालेकाे छ ? संसारकै सबैभन्दा ठुलाे प्रजातन्त्र मानिने अमेरिका जस्ताे देशमा पनि सत्ताकाे ठेक्का ब्यापारीले नै पाउन थालेकाे र भारत जस्ताे ठुलाे लाेकतान्त्रिक देशकाे वर्तमान राजनीतिक अवस्थाले विस्तारै संसारमा अबकाे सत्ताकाे बागडाेर ब्यापारी र साधुहरुले कब्जा जमाउदै गरेकाे छर्लङ्गै देखिन्छ । त्यसैले राजनीतिक चरित्र नै नभएकाे ब्यक्तिहरु सत्तामा आउन थाले पछि नियम,कानुन,देश जनता र सुव्यवस्थासंग कुनै सराेकार नै रहेन उनिहरुकाे चरित्र नै "लुट्न सके लुट कान्छा " हुने नै भयाे । उनिहरुकाे कार्यशैली उछ्श्रृङ्गल,तस्करी,बलात्कारी,कमिशन खाेरी,ठगी,झुट,लुट हुने नै भयाे । त्यसैकाे लागि नै उनिहरु राजनीतिमा छिरेकाे ? पैसा र पाखुरा भन्दा शक्तिशाली राजनीति हुन सक्ने रहेनछ भन्ने कुराकाे ज्वलन्त उदाहरण केही दिनका घटनाहरुले छर्लङ्ग पारेकाेछ । देशकाे वर्तमान सत्ता उछ्श्रृङ्गल र ब्यापारीहरुकाे जालाेमा नराम्रै तरिकाले फंसिसकेकाे प्रष्ट देखिन्छ।