सुनको भाउ दुई दिनमा तीन हजार रुपैयाँले बढ्यो

14.5k Shares

काठमाण्डौ – सुनको भाउ हिजो र आज दुई दिनमै तोलामा तीन हजार रुपैयाँले बढेको छ । आज सुन एकैदिन तोलाकाे एक हजार नौ सय रुपैयाँ र हिजो एक हजार एक सय रुपैयाँले बढेको हो ।

सुनको भाउ आज तोलामा एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनकाे भाउ तोलाको एक लाख ५८ हजार एक सय रुपैयाँ रहेको थियो ।

यस्तै चाँदीको भाउ पनि बढेको छ । आज चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेर एक हजार आठ सय ९५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार आठ सय ७५ रुपैयाँ रहेको थियो । 

सम्बन्धित समाचार