नेपाली कांग्रेस १४ औं महाधिवशेन ः ललितपुरको गोदावरी नगरपालिकासहित तीन स्थानीय तह सर्वसम्मत, तीनमा निर्वाचन

21.8k Shares

नेपाली कांग्रेस १४ औं महाधिवशेन ः ललितपुरको गोदावरी नगरपालिकासहित तीन स्थानीय तह सर्वसम्मत, तीनमा निर्वाचन

ललितपुर । आशन्न नेपाली कांग्रेसको चौधौं महाधिवेशनअन्तर्गत ललितपुर जिल्लाको नगर र पालिकाको अधिवेशन सम्पन्न भएको छ । 

ललितपुरको गोदावरी नगरपालिका, महांकाल र बागमती गाउँपालिकामा सर्वसम्मत र ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका र कोञ्ज्योसोम गाउँपालिकामा भने निर्वाचनमार्फत पदाधिकारीहरु चयन भएका छन् । 

गोदावरी नगरपालिकामा प्रदीप जोशीलगायत सम्पन्पूर्ण पदाधिकारीहरु सर्वसम्मतरुपमा चयन गरिएको छ । उपाध्यक्षमा कवी बस्नेत र राजेशध्वज कार्की, सचिवमा उपेन्द्र आचार्य, राजेन्द्र महर्जन, सह—सचिवमा बसन्तराम डंगोल, ज्ञानबहादुर थिङसहित सदस्यहरु सर्वसम्मतरुपमा चयन भएका छन् । 

त्यस्तै, बागमती गाउँपालिकामा पनि बिरबहादुर लामा सभापतिसहित अन्य पदाधिकारीहरु पनि सर्बसम्मतमा चयन भएका हुन् । उपसभापतिमा जगत लो, ओमनाथ तिमल्सिना –आकाश), सचिवमा सुजन घिमिरे, डोलकेशर दाहाल, सह—सचिवमा केदारमान भुलुन र विष्णुबहादुर बस्नेतसहित सदस्यहरुसमेत सर्वसम्मत भएका छन् भने कोषाध्यक्षमा विष्णुबहादुर बस्नेत चयन भएका छन् ।

त्यसैगरी, महाँकाल गाउँपालिकामा पनि खोमप्रसाद दाहाल सभापतिसहित अन्य पदाधिकारीहरुमा सर्वसम्मत चयन गरिएको हो । उपसभपातिमा पुरुषोत्तम घिमिरे, ठक्कर प्रसाद घिमिरे सचिवमा बालकृष्ण तिमल्सिना र बाबुलाल स्याङ्तान, सह—सचिवमा केशर सुवेदी, सुभास बजगाईं रहेका छन् । 

गोदावरी नगरपालिका, बागमती गाउँपालिका र महाँकाल गाउँपालिकामा सर्वसम्मत भए पनि ललितपुर जिल्लाको महानगरपालिकासहित महालक्ष्मी नगरपालिका र कोञ्ज्योसोम गाउँपालिकामा भने पदाधिकारीहरुको निर्वाचतमार्फत् चयन भएका छन् ।

ललितपुर महानगरपालिकामा निर्वाचतमार्फत सभापतिमा सुभानन धाख्वासहित उपसभापतिमा रामकुमारी लिम्बु र निशा महर्जन, सचिवमा सुनिलकुमार थापा (पशुपति) र राजु ताम्राकार, सह—सचिवमा कुमार श्रेष्ठ र प्रकाश महर्जन निर्वाचित भएका छन् । 

त्यसैगरी, महालक्ष्मी नगरपालिकामा दिवाकर सिलवाल सभापतिमा निर्वाचित भएका छन् भने उपसभापतिमा विवेक कुमार कार्की, सुमन के.सी., सचिवमा विष्णुकुमार चन्द, नन्द केसी, सह—सचिव अभिषेक श्रेष्ठ, सजिता परियार रहेका छन् । 

उता, कोञ्ज्योसोम गाउँपालिकामा सभापतिमा सरोज घलान निर्वाचित भएका छन् भने उपसभापतिमा सत्यमान घिसिङ र सुरेन्द्र घलान, सचिवमा नन्दराज लामा, श्याम कुमार केसी, सहसचिवमा बाबुकाजी थिङ,  सोमबहादुर गोलेलगायतका पदाधिकारीहरु चयन भएका छन् । 


सम्बन्धित समाचार