काठमाडौं
। नारायणहिटी दरबार सङ्ग्रहालयमा राखिएको श्रीपेच निकाल्न खोज्ने क्रममा पक्राउ
परेका पश्चिम रुकुम मसिकोट ११का खिमबहादुर घर्तीले आफूलाई राजा हुन मन लागेर
श्रीपेच निकाल्न खोजेको प्रहरीसमक्ष बताएका छन् ।
उनले
दरबारमा बस्न मन लागेर श्रीपेच निकाल्न खोजेको बयान प्रहरीसमक्ष दिएको स्रोतले
बताएको छ । उनी अहिले प्रहरी नियन्त्रणमा छन् । घटनाबारे थप अनुसन्धान भइरहेको
जनाइएको छ ।
शुक्रबार
बिहान १० बजे टिकट काटेर २ ठाउँमा सुरक्षा जाँचपछि संग्रहालय छिरेका अवलोकन गर्न पुगेका
घर्तीले श्रीपेच राखिएको ठाउँबाट खुकुरी झिकेर सिसा फुटाउन खोजेका थिए । श्रीपेच
बुलेटप्रुफ सिसाभित्र रहेकाले सुरक्षित रहेको बताइएको छ ।
त्यहाँ सुरक्षामा खटिएका नेपाली सेनाले उनलाई नियन्त्रणमा लिएको थियो । सिसा फुटाउँन खोज्दा उनको हात समेत काटिएको छ ।