तेक्वान्दो संघबाट भाइरसहरुलाई आउट गर्नुपर्छ ः शाही

19.8k Shares

नेपालमा खेलकुद क्षेत्रमा लागेर आफ्नो र परिवारको समेत भविष्य अन्धकारमय हुने तेक्वान्दो प्रशिक्षक पाँचौं डान दशरत्न शाही बताउँछन् । 

अन्य पेशामा लागेको भए आफूसँग अहिले पैसा र इज्जत हुने थियो होला, तर खेलकुद क्षेत्रमै आफ्नो जीवनभर लाग्दा अहिले न आफ्नो भविष्य भयो न परिवारको भविष्यको लागि के गर्न सकियो भन्दै गुनासो पोख्छन् शाही । 

२०४२ सालबाट तेक्वान्दो खेल्न सुरु गरेका शाही लुकी लुकी  सेनासँग प्रशिक्षण लिन्थे । पछि २०४७ सालमा रंगशालामा तेक्वान्दो प्रशिक्षणका लागि भर्ना भई प्रशिक्षण लिन थालेको शाही बताउँछन् । 

सम्बन्धित समाचार