विपद्पछिको पुनःनिर्माण तथा पुनः स्थापना योजना स्वीकृत

12.4k Shares

काठमाण्डौ – विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १६ औँ बैठकले पश्चिम नेपाल भूकम्प तथा २०८१ सालको मनसुनजन्य विपद् पश्चातको पुनःनिर्माण तथा पुनः स्थापनाका लागि योजना स्वीकृत गरेको छ ।

प्रधानमन्त्री एवम् परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले योजना स्वीकृत गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव डा.भीष्मकुमार भुषालले जानकारी दिनुभयो । उहाँका अनुसार आउँदो माघ २ गतेदेखि लाभग्राहीसँग सम्झौता प्रक्रिया शुरू गरी पुनःनिर्माण थानली हुने छ ।

क्षतिको विस्तृत आँकलन (डीडीए) नभएका क्षेत्रमा पनि माघ २ गतेदेखि डीडीएको प्रक्रिया शुरू गर्ने निर्णय भएको छ ।

बैठकले डोटी तथा जाजरकोट केन्द्रबिन्दु भई भएको भूकम्प पञ्चातको क्षति आँकलन, निजी आवास पुनःनिर्माण तथा प्रबलीकरण प्रक्रिया प्रारम्भ गर्ने निर्णय गरेको भुसालले बताउनु भयो ।

यस्तै बैठकले २०८० सालको वैशाख यता विपद्मा परेर बेपत्ता भएकाहरुको परिवारलाई पनि मृतकको सरह राहत दिने निर्णय गरेको छ ।   

सम्बन्धित समाचार