समाजसेवी शान्ती मानन्धर शाक्य सम्मानित

24k Shares

काठमाडौँ । चुनिदेवि मन्दिर संरक्षण समितिद्धारा टोखा नगरपालिका वडा नं ६, धापासी काठमाडौँमा दशौँ बार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम २०८१ मा समाजसेवी शान्ती मानन्धर शाक्य सम्मानित हुनुभएको छ । पौष २७ गते आज शनिबार पृथ्वी जयन्तीको अवसर पारी एक कार्यक्रमका बीच समितिको साधारण सभा तथा स्रष्टाहरुलाई सम्मान गर्ने कार्यक्रममा शान्ती मानन्धर शाक्य सम्मानित हुनुभएको हो । 
चुनिदेवि मन्दिर संरक्षण समिति टोखा नगरपालिकाको बजेटबाट मन्दिर निर्माणको कार्यमा नगद तथा जिन्सि सहयोगदाताहरुलाई सम्मान प्रदान गरिएकोमा शाक्यले मन्दिरमा दुईवटा ठूलो माने प्रदान गरेवापत समितिले एक कार्यक्रमका बीच वहाँलाई सम्मान पत्र दिएर सम्मानित गरिएको थियो ।
कार्यक्रममा सभापतिको आसन मन्दिर संरक्षण समितिका अध्यक्ष हरि कृष्ण श्रेष्ठले सम्हाल्नुभएको थियो भने प्रमुख अतिथीमा टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारी हुनुहुन्थ्यो । त्यस्तै बिशेष अतिथीका रुपमा टोखा नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष शान्ता खनाल तथा पण्डित कपिलदेव भट्ट सहभागी हुनुहुन्थ्यो । अन्य अतिथीका रुपमा समाजका स्रष्टा, बुद्धिजिवी तथा पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो । 
विहान १० बजे शुरु भएको उक्त कार्यक्रम अपरान्ह १ बजेर ३० मिनेटमा समापन भएको थियो भने कार्यक्रमा चियापनको व्यवस्था पनि थियो ।

sh.jpg

सम्बन्धित समाचार