चुनिदेवि मन्दिर संरक्षण समितिद्धारा दशौँ बार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम सम्पन्न

15.1k Shares

काठमाडौँ । चुनिदेवि मन्दिर संरक्षण समितिद्धारा टोखा नगरपालिका वडा नं ६, धापासी काठमाडौँमा दशौँ बार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम २०८१ सम्पन्न भएको छ । पौष २७ गते आज शनिबार पृथ्वी जयन्तीको अवसर पारी एक कार्यक्रमकाबीच समितिको साधारण सभा तथा स्रष्टाहरुलाई सम्मान गर्ने कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा समितिद्धारा आफ्नो गतिविधि तथा कार्यक्रमहरुको संक्षिप्त जानकारी लगायत चुनिदेवि मन्दिर संरक्षण समिति टोखा नगरपालिकाको बजेटबाट मन्दिर निर्माणको कार्यमा नगद तथा जिन्सि सहयोगदाताहरुलाई सम्मान प्रदान गरिएको थियो ।
कार्यक्रममा सभापतिको आसन मन्दिर संरक्षण समितिका अध्यक्ष हरि कृष्ण श्रेष्ठले सम्हाल्नुभएको थियो भने प्रमुख अतिथीमा टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारी हुनुहुन्थ्यो । त्यस्तै बिशेष अतिथीका रुपमा टोखा नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष शान्त खनाल तथा पण्डित कपिलदेव भट्ट सहभागी हुनुहुन्थ्यो । अन्य अतिथीका रुपमा समाजका स्रष्टा, बुद्धिजिवी तथा पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो । 
कार्यक्रममा प्रमुख अतिथी प्रकाश अधिकारीले मन्दिर निर्माण कार्यमा नगरपालिकाले अगामी दिनहरुमा पनि खुलेर सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो भने संस्कृति विकासमा सवै वर्ग र क्षेत्रसँग हातेमालो गर्दै अगाडी बढ्ने कुरामा विश्वसनियता व्यक्त गर्नुभएको थियो । त्यस्तै कार्यक्रमका सभापनि हरि कृष्ण श्रेष्ठले सबैलाई एकजुट भई पवित्र मन्दिर निर्माण कार्यमा आ-आफ्नो स्थानबाट सहयोग पुर्याउनुहुन अपिल गर्नुहुँदै मन्दिर निर्माणमा सहयोगी दाताहरुले पुर्याउनुभएको सहयोगको खुलेर प्रशंसा तथा कृतज्ञता जाहेर गर्नुभएको थियो ।

त्यस्तै बिशेष अतिथी पण्डित कपिलदेव भट्टले यस्तो पुन्य कार्यमा सबैलाई खुलेर सहयोग गरेकामा धन्यवाद् दिनुहुँदै अब माघ ८ गते मन्दिर परिसरमा हुन गइरहेको श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञमा सबैलाई सहभागी भई पून्य पाउने कुरामा नचुक्न सबैलाई निबेदन गर्नुभएको थियो । त्यस्तै र्काक्रममा सहभागी अरु अतिथीहरुले सबैले आ-आफ्नो क्षे त्रबाट यस मन्दिरलाई नमुनाको रुपमा देशभरी चिनाउन सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।
विहान १० बजे शुरु भएको उक्त कार्यक्रम अपरान्ह १ बजेर ३० मिनेटमा समापन भएको थियो भने कार्यक्रमा चियापनको व्यवस्था पनि थियो ।

5.jpg9.jpg8.jpg11.jpg4.jpg6.jpg7.jpg12.jpg20250111_133211.jpg

 

सम्बन्धित समाचार