काठमाडौं । मलेसियाले पाम आयल प्लान्टेसनमा ८ लाख कामदार लैजाने भएको छ । सारवाकलाई राज्यव्यापी पाम तेल बगैंचामा ८ लाखभन्दा बढी कामदार आवश्यक रहेको जनाएको छ । त्यहाँका खाद्य उद्योग, कमोडिटी र क्षेत्रीय विकासमन्त्री डाटुक सेरी डा. स्टिफन रुन्डी उटोमले तत्काल यी कामदार चाहिने बताएका छन् ।
मन्त्री डा. स्टिफन रुन्डीले यस तथ्यांकमा सारवाक भूमि एकीकरण तथा पुनस्र्थापना प्राधिकरण (साल्क्रा)द्वारा व्यवस्थित वृक्षरोपण मात्र समावेश गरिएको र अन्य कृषि क्षेत्रलाई समावेश नगरिएको बताए । ‘लगभग, हामीसँग राज्यमा १ दशमलव ६२ मिलियन हेक्टर (तेल पाम बगैंचाको भूमि) छ,’ मन्त्री डा. स्टिफन रुन्डीले इन्डोनेसियाको पाँचदिने भ्रमणबाट फर्किएपछि पत्रकार सम्मेलनमा भने, ‘हामीसँग ठूलो समस्या छ, फसलको अभाव, प्रत्येक कामदारले दिनमा १ दशमलव ५ टन बाली काट्नुपर्छ, हामीले पर्याप्त कामदार नहुँदा पैसा र अवसर गुमाउँछौं,’ ।
उनले कामदारको अभावलाई सम्बोधन गर्न साल्क्राले इन्डोनेसियाका जकार्ता र लोम्बोकजस्ता धेरै ठाउँमा मलेसिया आउन कामदारसँग अन्तर्वार्ता लिएको बताए । ‘हामीले श्रम र अध्यागमन विभागसँग समन्वय गर्नुपर्छ, मलेसियामा कामदारहरू सामान्यतया ४५ दिनभित्र आइपुग्छन् तर हाम्रो मामलामा अझै पनि ९० दिन वा बढी लाग्छ,’ उनले थपे ।
साल्क्राको वृक्षरोपण कार्यलाई सहयोग गर्न इन्डोनेसियाबाट आयल पाम प्लान्टेसनका कामदारहरूको भर्ती प्रक्रियालाई सारवाकले सरल बनाउने मन्त्री डा. स्टिफन रुन्डीले बताए ।
मलेसियास्थित नेपाली दूतावासका जनसम्पर्क अधिकृत जयप्रकाश गिरीका अनुसार अहिले मलेसियामा रोजगारी खुलेको तर प्लान्टेसनका लागि मात्र दूतावासले अप्रुभलहरू दिइराखेको बताए । आजको राजधानी दैनिकबाट