२८ करोड बिगोको मुद्दामा रविसँग अदालतले माग्यो ६५ लाख धरौटी

9.8k Shares

काठमाडौं - जिल्ला अदालत कास्कीले सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग ६५ लाख रुपैयाँ धरौटी मागेको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईले साता लामो थुनछेक बहसपछि बिहीबार साँझ उक्त आदेश दिने क्रममा ६५ लाख रुपैयाँ धरौटी मागेका हुन् ।

अदालतले मागेको धरौटी बुझाएमा रवि बिहीबार नै रिहा हुने छन् । तर काठमाडौं र चितवनसहितका जिल्लामा मुद्दा बाँकी रहेकाले उनी फेरि समातिन सक्नेछन् ।

उनी गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेर कास्की प्रहरीको हिरासतमा थिए । रविविरूद्ध प्रहरीले सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरण र संगठित अपराध अभियोग पनि लगाएको थियो ।

यसअघि गत ७ पुसमा जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले लामिछानेविरुद्ध २७ करोड रुपैयाँ बिगो दाबीसहित जिल्ला अदालत कास्कीमा मुद्दा लगेको थियो ।

सूर्यदर्शन सहकारी संस्थाको बचत रकम ठगीसम्बन्धी आरोपमा गत कात्तिक २ गते काठमाडौंको बनस्थलीबाट पक्राउ परेका लामिछानेविरुद्ध तीनवटा कसुरमा मुद्दा अघि बढाइएको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले पूर्वगृहमन्त्री लामिछानेविरुद्ध २७ करोडभन्दा बढीको बिगो मागदाबीसहित मुद्दा अगाडि बढाएको थियो ।

सम्बन्धित समाचार