नेपाली सेनाद्वारा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन

11.6k Shares

काठमाडौं– सप्तरीमा नेपाली सेनाले निः शुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।  

सेनाको श्री बरख गणले सप्तरीको रुपनी गाउँपालिका वडा नं. ६ स्थित तेरहौतामा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको हो ।

स्थानीयहरूसँगको सैनिक नागरिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले श्री नं.२७ बाहिनी अड्डा तथा श्री नं. २७ फिल्ड एम्बुलेन्स गुल्मसंगको सहकार्यमा तेरहौतामा एक दिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको श्री बरख गणले जनाएको छ ।

उक्त स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण, निःशुल्क औषधी वितरण, आँखा जाँच तथा चस्मा वितरण जस्ता सेवाहरू प्रदान गरिएको थियो ।  

उक्त शिविरबाट महिला १९६ जना र पुरुष ८९ जना गरी जम्मा २८५ जना स्थानियवासीहरु लाभान्वित भएका थिए भने आँखाको समस्या पहिचान भएका १२० जना बिरामीहरूलाई निःशुल्क चस्मा वितरण गरिएको सेनाले जनाएको छ ।

सो क्रममा गणले जिल्ला विपद् व्यवस्थापन समितिसँगको समन्वयमा शितलहर पीडित अति विपन्न १ सय ३२ जना स्थानीयहरूलाई न्यानो कम्बल समेत वितरण गरेको थियो । 

सम्बन्धित समाचार