18.2k
Shares
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा मृत भेटिएको गैँडाको खाग फेला परेको छैन । निकुञ्जको खगेन्द्र मल्ली पोष्टबाट सात किलोमिटरभित्र हर्दा खोला नजिक यही भदौ १२ गते गैँडा मृत फेला परेको थियो ।
निकुञ्जका सूचना अधिकारी गणेश तिवारीकाअनुसार गैँडा झण्डै १५ महिना पहिला मरेको आशङ्का गरिएको छ । वरपर क्षेत्रमा खोजी गर्दा ११ खुर फेला परेका छन् । एउटा खुर र खाग नभेटिएपछि चोरी शिकारीले गैँडा मारिएको आशङ्का गरिएको छ ।
गैंडाको कङ्काल भेटिएसँगै निकुञ्जको चोरीशिकार नियन्त्रण एकाइले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीबिआई) सँग समन्वय गरेर खोजी कार्य अघि बढाएको छ । गैँडाको कङ्काल मात्रै भएकाले लिङ्ग र उमेर पहिचान हुन सकेको छैन ।