एन्फा महिला लिगमा वालिङ र आर्मी खेल्दै

11.5k Shares

काठमाण्डौ – एन्फा महिला फुटबल लिगकाे दाेस्राे चरणमा आज स्याङ्जाको वालिङ नगरपालिका र विभागीय टोली त्रिभुवन आर्मी क्लब खेल्दैछन् । याे खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फाको मैदानमा दिउँसो ३ बजे शुरू हुनेछ ।

दाेस्राे चरणको लिगमा एक जीत र एक बराबरीका साथ आर्मी तेस्रो स्थानमा छ । शुरुआती दुवै खेलमा पराजित वालिङ अङ्कविहीन हुँदै तालिकाको पुछारमा छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भइरहेको लिगको दाेस्राे चरणमा पाँच टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

गएको भदौ अन्तिममा भएको लिगको पहिलो चरणमा सहभागी १० टोलीबाट शीर्ष पाँच टोली अन्तिम चरणका लागि छनोट भएका हुन् ।

माघ १६ गतेसम्म चल्ने दाेस्राे चरणको लिगमा विभागीय टोलीहरू नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलकाे एपीएफ क्लब र आर्मीसहित वालिङ नगरपालिका र बाग्मती युथ क्लब सहभागी छन् । लिग चरणको २० खेलपछि शीर्ष ४ टोलीले प्लेअफमा स्थान बनाउनेछन् ।

सम्बन्धित समाचार