शनिबार साँझसम्म पानी पर्ने

20k Shares

काठमाडौं । केही दिनदेखिको झरी शनिबार साँझसम्म परिरहने भएको छ । आइतबार बिहानबाट मौसम केही खुल्ने वरिष्ठ मौसमविद् निराजन सापकोटा बताउँछन् ।

“विहान पानी पर्ने दिउँसो केहीबेर रोकिने र पुनः पर्ने तथा अपराह्न ४/५ बजेदेखि कम हुने क्रम जारी रहने छ,” मौसमविद् सापकोटा भन्छन्, “यो क्रम शनिबार साँझसम्म नै रहन्छ । आइतबारबाट मात्रै मौसम खुल्ने देखिन्छ ।”

उनका अनुसार आज विहान देशभर सामान्यदेखि पूर्ण वदली रहेको छ ।  प्रदेश १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

सापकोटाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका कही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । उनका अनुसार  प्रदेश १, वाग्मती तथा लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

काठमाडौंमा पनि आज दिउँसो पानी पर्ने र रोकिने क्रम चलिरहने उनको भनाइ छ ।

सम्बन्धित समाचार