स्वस्थ रहेर जिउने कि मस्त रहेर ओैषधी खाइ बाँच्ने ?

15k Shares

- डी.बी.शाही
मानव सभ्यताकाे विकासकाे क्रममा दिनप्रति दिन मनुश्य समाज विकासका खुड्किलाहरु अत्यन्त तीब्र गतिमा अग्रगमण रुपमा सफलता पूर्वक चढदै गैरहेकाे कुरा कसैबाट लुकेकाे छैन् उसले याे ब्रह्माण्ड या साैर मण्डलमा भएका थुप्रै कुराहरुकाे पत्ता लगाउन सफल भएकाे छ ? उसले साैर मण्डलमा रहेका विभिन्न ग्रह या पीण्डहरुकाे आकार,वजन ,आयु लगाय ती ग्रहहरुकाे प्रभाव र तीनले गर्ने काम या तिनीहरुकाे उपस्थितिकाे आवश्यकता र महत्व बारे पनि सही विश्लेषण गर्न सक्षम देखिन्छ भने याे ब्रह्माण्डकाे एउटा अंग पृथ्वीमा मात्रै देखिएकाे लाखाैलाख प्राणीहरुकाे उपस्थिति,खानपान र रहनसहन बारे पनि धेरै कुरा पत्ता लगाउन सफल भएकाे देखिन्छ ? पृथ्वी वाहेक अरु कुनै ग्रहमा पनि अंझ मनुश्य भन्दा विकसित प्राणी हुन सक्ने अनुमान पनि गर्ने गरेकाे कुरा उडन तस्तरी र एलियनकाे चर्चाले पनि वहस गर्न र अजुमान गर्ने कुरामा विश्वास गर्ने या नगर्ने कुरामा दुविधा ( Confusion ) पनि देखिन्छ ? आज मनुश्य लगातार प्राणी जगत,ग्रहहरु,वातावरण बारे अत्यनत गम्भिर भएर शाेध खाेज र अनुसंधान गर्दै आएकाे छ गर्दैछ गरिरहनेछ ।

1.jpg

यस्तै शाेध खाेजकाे एउटा अत्यन्त महत्वपूर्ण पाटाे प्राणीहरुकाे बारे अंझ त्यसमा पनि मानव सभ्यताकाे विकासकाे कुरासंगै उसकाे रहनसहन,खानपान र स्वास्थ्य बारे शायद सबैभन्दा बढी शाेध खाेज अनुसंधान भैरहेकाे देखिन्छ , मनुश्यकाे स्वास्थ्य बारे अत्यनत चिन्तित र गम्भिर भएकाे देखिन्छ । आजकाे मनुश्य एकातिर स्वस्थ कसरी रहन सकिन्छ भनेर चिन्तित छ उसले खानपान नियन्तरण गरेर स्वस्थ रहन सकिन्छ कि,रहनसहनमा सुधार गरेर स्वस्थ रहन सकिन्छ कि,विभिन्न प्रकारका कसरतहरु गरेर स्वस्थ रहन सकिन्छ कि या विभिन्न प्रकारका ओैषधी सेवन गरेर स्वस्थ रहन सकिन्छ कि भनेर उसले अनेक प्रकारका सुझावहरु दिने गरेकाे देखिन्छ ।

खानपान बारे , के खान हुने के खान नहुने भनेर मनुश्यलाई सुझाव दिनेहरुकाे कमी छैन,रहनसहन सुधार गर्नु पर्छ भन्नेहरुकाे पनि कमी छैन,पटकपटक स्वास्थ्य चेक जाँज गराइ राख्ने र ओैषधी सेवन नगरि हुन्न भन्नेहरुकाे पनि कमी छैन् । हालकाे केही बर्ष यता त सामजिक संजालकाे विकासले मनुश्यले आफ्नु जीवनशैलीलाई युटुबे रायबहादुरकाे प्रयाेगशाला बनाएकाे छ । दिनप्रतिदिन नयाँनयाँ ओैषधीहरु,नयाँनयाँ कसरतहरु,नयाँनयाँ खानेकुराहरुलाई स्वस्थ रहनकाे लागि महत्वपूर्ण या आवश्यक भनेर विज्ञापन गर्नेहरुकाे संंख्या बढ्दै गएकाे छ । तर खाेइ त त्यसकाे रिजल्ट त वास्तवमा खासै कतै केही देखिन्न ।

अब यहाँनेर एउटाकुरा साेच्नै पर्ने र सही निर्णय गर्ने वेला आइसकेकाे छ । अब भविश्यमा मनुश्यले प्रकृतिकाे नियम पालना गरेर बाँचुन्जेल स्वस्थ भएर जिउने कि जिन्दगीलाई केमिकलकाे भण्डार बनाएर बाँचेकाे जीवन जिउने ?

स्वस्थ रहनकाे लागि खासै केही मेहनत या उपाए खाेजी रहनु पर्ने आवश्यता न‌ै छैन
१. केवल बिषाधी र रसायनिक मलकाे प्रयाेग अन्न र फलफुलमा बन्द गरा‌ैं ।
२. छिटै उठ्ने छिटै खाने,छिटै सुत्ने वानी बसालाैं ।
३. प्रत्येक दिन कमसेकम आधा घण्टा नाङ्गै खुट्टा जमीन माथि हिंड्ने गराैं ।
४. आफ्नै खेतबारीमा उमारेकाे या आफ्नै क्षेत्रमा पाइने अनाज र फलफुलकाे सेवन गराैं।
५. नकारात्मक साेच विचारलाई सकेसम्म मन मश्तिष्कमा छिर्नै नदिंउ।
६. अडाेसी पडाेसीकाे खानपान,रहनसहन र जीवनशैलीमा अनुसंधान र बिश्लेषक नबनाैं ।
७. तत्काल जे कुरा उपलब्ध छ तेसैमा संतुष्ट हुन सिखाैं ।
८. अरु कसैकाे भनाइमा लागेर विचारलाई दास नबनाओैं,आफुलाई मन पर्ने खाने कुरा ढुक्क भएर खाउ,आफुलाई मनपनेे पहिरन ढुक्क भएर पहिराैं, आफुलाई मन पर्ने काम ढुक्क भएर गराैं ।
९.आफुलाई जसरी पनि भाैतिक रुपमा,मानसिक रुपमा कतै न कतै जसरी हुन्छ जुडीरहने वातावरण सिर्जना गराैं ।
१०.चिया गफमा अरुकाे दैनिकी र जीवनशैलीकाे विश्लेषण गर्ने र विश्लेषक बन्ने वानी वेहाेरा चटक्कै छाडाैं ।

यस्तै यस्तै केवल सकारात्मक विचार र अत्यन्त सरल जीवनशैली अपनाउन सक्याे भने शायद जीवनमा कुनै प्रकारकाे समस्या नै प्रवेश गर्न सक्ने छैन । समस्या नै देखिएन भने त्यसकाे समाधानकाे खाेजीमा मनुश्यलाई,धामी झाँक्री,ज्याेतिषी,वैद्य डाक्टर र ओ‌षधीहरुकाे आवश्यकता नै पर्न सक्दैन ।
अब फैसला मनुश्यकाे स्वयंकाे हातमा छ।

प्रकृतिकाे नियम पालना गरेर आजीवन स्वस्थ,सुखी र सफल प्राकृतिक जीवन जिउने कि, ओैषधी, तन्त्रमन्त्र, झारफुक गराएर तिनीहरुकाे बैसाखीकाे भराेसा बाँच्ने प्रयास गर्ने ? प्रकृतिभन्दा ठुलाे ओैषधी केही छैन,प्रकृतिभन्दा ठुलाे भगवान काेही छैन,प्रकृतिभन्दा ठुलाे उपचार केही छैन , प्रकृतिभन्दा ठुलाे जीवन रक्षक काेही हुनै सक्दैन भन्ने कुराकाे ज्वलन्त उदाहरण यसै धर्तीमा छ हाम्रै नजदिक नै छ । प्राय : जसाे धेरैले सुनेकाे र थाह पाउनु नै भएकाे हाेला ।

पाकिस्तानकाे बलुचिस्तान नजिक एउटा घाँटी "हुँजाभेली" काे बारेमा लगभग ७० लाख जनसंख्या भएकाे यस हुँजा घाँटीका जनताहरुले अहिलेसम्म रहनसहन खानेकुरामा कुनै परिवर्तन नगरेकाे र अन्नबालीमा कुनै प्रकारकाे बिषाधी प्रयाेग नगरेकाे र बाहिरकाे खाने लाउने कुरा नभित्र्याएकै कारण उनिहरु स्वस्थ मात्रै हाेइन पूर्ण जीवन यानीकि १२०-१५० बर्षसम्म बाँचेकाे र स्वस्थ रहेकाे कैयाैं शाेधकर्ताहरुकाे अध्यनले देखाएकाे प्रष्टछ । त्यहाँकाे सत्तरी लाख जनसंख्यामा अहिलेसम्म एउटा मान्छेमा पनि क्यान्सर र एचआइभीकाे सिम्टमसम्म नदेखिएकाे भनाइ छ ।

याे कुरा मान्ने हाे भने स्वस्थ रहन कुनै केमिकल या कुनै अन्य उपाएकाे बैसाखी टेक्नै पर्दैन ,केवल आफ्नै क्षेत्रमा बिषाधी र रसयायनिक मल प्रयाेग नगरेकाे खाने कुरा,आफैले कपासद्वारा या आफैले पालेका जनावरहरुकाे ऊनबाट बनाएका लुगाहरु ,आफ्नै खाेलानालाकाे पानी मात्रै प्रयाेग गर्ने हाे भने मनुश्य आजीवन स्वस्थ रहन सक्छ भन्ने कुराकाे प्रमाण या पाठ सिकाएकाे छ हुँजा भेलीले ।

अब प्राकृतिक जीवन जिउन नचाहनेहरुका लागि त विभिन्न प्रकारका जंकफुड,पेयहरु,पहिरनहरु छरपस्टै छन् । छाेटाे समय बाँचे पनि बरु स्वस्थ नरहे पनि मस्त रहाैं भन्ने धारणा छ र त्यसलाई सभ्य र बैज्ञानिक समाजकाे मेरुडण्ड मानेर हिड्नेलाई त कृत्रिम बैसाखीकाे सहारा नै ठिक छ । शरिर स्वस्थ नरहे पनि ,काम गर्न नसके पनि बाँचै भैगाे भन्नेलाई त जिउदा लास बनाएर राख्ने जत्ती पनि छन् केमिकलहरु, जत्ती पनि छन् अनेकन विधीहरु ।

सम्बन्धित समाचार